सुनसरी प्रशासनकाे लापरबाहीले बर्जु घटना, महाेत्सव बन्याे रणभुमि ! – Nagarikabhiyan : National News

सुनसरी प्रशासनकाे लापरबाहीले बर्जु घटना, महाेत्सव बन्याे रणभुमि !

देवानगंज । सुनसरीको बर्जु गाउँपालिका ६ बर्जु तालमा जारी तेस्रो बर्जु महाेत्सवमा तोडफोड भएको छ । सुनसरी प्रशासनले बर्जु महोत्सव संचालन गर्न अनुमति दिएको थियो । तर कोराना माहामारी बढेपछि सुनसरी प्रशासनले समयमा महोत्सव नरोक्दा बर्जुमा मंगलबार करोडौको छति भएको छ।

जिल्ला प्रशासन कार्यालयले माघ २ गते मात्र कार्यक्रम रोक्न गाउँपालिकालाइ लाई पत्र लेखेको थियो । तर ४ गतेको महोत्सवमा भारतिय भोजपुरी कलाकार खेशारीलाल यादव आउने कार्यक्रम तय गरिएको थियो । लाखौ पैसा खर्च गरेको आयोजक मारमा परेपछि आयोजकले जसरि पनि कार्यक्रम गर्ने बाध्यता रहेको थियो ।

सोमबार सुनसरी प्रशासनको मौखिक सल्लाहमा कार्यक्रम गर्ने तय भएको थियो । सोहि अनुसार आयोजकले बिहानै देखि टिकट वितरण गर्याे र कार्यक्रम शुरू भयो । कार्यक्रम शुरू भएपछि आयोजकले मोरङ प्रहरीले कलाकार खेशारीलाल यादवलाई आउन नदिएको भने पछि दर्शकहरू आक्रोेशीत हुँदै तोड फोड र अगजनीमा उत्रिए जस्का कारण करोडौको छति भयो । स्थानियहरू आक्रोशित हुँदा समेत प्रहरी प्रशासन नआउनुले प्रशासनकै लापरवाही देखिन्छ ।

सुनसरी जिल्लामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव आए देखि नै मेला र जात्रामा सुनसरी बिवादित हुँदै आइरहेकोको छ । जसको उदाहरण दशैंको मेलालाई लिन सकिन्छ । दशैंको मेला लगाउन अनुमति नदिएको हो भने यादवले सो मेलाको उद्घाटन आफैले गर्नु कत्तिको जायज हो रु । तर यादवले आफूले कुनै पनि मेलाको अनुमति नदिएको प्रतिक्रिया दिने गरेका थिए ।

यस्तै घटना बर्जु महोत्सवमा भएको देखिन्छ । सुनसरी प्रशासनको लापरवाही र गैर जिम्मेवारीपन निर्णयले मंगलवार बर्जु ताल रणभुमि जस्तै भएको छ । तोडफोड र आगजनि प्रश्चात मात्र प्रहरीको उपस्थिति हुनुले प्रशासनको गल्ती प्रस्ट देखिन्छ ।

सुनसरी आए पछि मेला र जात्राका नाममा विवादित छवि भएका प्रमुख जिल्ला अधिकारी इन्द्ररदेव यादव यो घटनाबाट झन विवादित भएका छन् ।