कोरोना अपडेटः थप १,२३९ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको सँख्या ६० नजिक – Nagarikabhiyan : National News

कोरोना अपडेटः थप १,२३९ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको सँख्या ६० नजिक

काठमाडौं । देशमा थप १ हजार २ सय ३९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा जनामा १२ सय ३९ कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यो सहित संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।

देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा दशहजार ६४१ वटा आरटी पीसीआर परीक्षण भएका छन् । योसँगै नेपालमा आठ लाख ८२ हजार ९१५ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।

सक्रिय सङ्क्रमित १६ हजार २४१ छन् । पछिल्लो २४ घण्टामा एक हजार २४३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४२ हजार ९४९  पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ ।