मकर संक्रान्ति अर्थात माघे संक्रान्तिको अवसरमा हिन्दू स्वयम्सेवक संघको सामुहिक खिचडी कार्यक्रम – Nagarikabhiyan : National News

मकर संक्रान्ति अर्थात माघे संक्रान्तिको अवसरमा हिन्दू स्वयम्सेवक संघको सामुहिक खिचडी कार्यक्रम

सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा हिन्दु समुदायको आस्थाको केन्द्र सत्यनारायण मन्दिरमा सामुहिक खिचडी कार्यक्रम सम्पन्न गरिएको छ । इनरुवाको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको सत्यमन्दिरमा मकर संक्रान्ति अर्थात माघे संक्रान्तिको अवसरमा हिन्दू स्वयम्सेवक संघ नेपाल इनरुवा १, सुनसरीको आयोजनामा सामुहिक खिचडी कार्यक्रम सम्पन्न गरिएको हो । समता ममता र समारसत्तको पर्व मकर संक्रान्तिको पावन अवसरमा आयोजित खिचडी कार्यक्रम तथा उत्सवमा एक हजार बढी नगरबासीहरुको उपस्थिती रहेको आयोजक समितिका मुन्ना साहले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अथिति कौशलकुमार कर्णले मकर राशी माघे संक्रान्ति प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिने र त्यसमा पनि खिचडीको विषेश महत्व भएकाले खिचडी कार्यक्रम उपयुक्त भएको बताउनुभयो ।
संस्कार र स्वास्थ्य संग समेत जोडिएको खिचडी कार्यक्रमले एकआपसमा जोड्ने र सम्बन्ध विस्तार गर्ने काम समेत गरेको बताउनुभयो ।
कार्यक्रममा हिन्दू स्वयम्सेवक संघ नेपाल सुनसरी संचालक मनोज कुमार यादवले आपसी सद्भाव, एकता र भातृत्वका लागि खिचडी कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
हिन्दू स्वयम्सेवक संघ नेपाल काठमाण्डौ उपत्यका सम्र्पक प्रमुख दिलिपचन्द साहुले हिन्दु धार्मिक आस्था राख्नेहरुलाई एकतामा बाधनका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । धर्मजागरण मञ्चका कोशी विभाग प्रमुख हरिशंकार मेहताले धार्मिक कुराले संस्कार सिकाउने भएकाले सबैलाई आफ्नो धर्म रक्षा र संस्कार संस्कृतिमा बाधिन आग्रह गर्नुभयो ।
बुधनारायण यादवले देशका अन्य ठाउँमा संक्रान्ती पर्वलाई जे नाउँ दिए पनि मिथिलामा तिला संक्रान्ति पर्वका रूपमा मनाउँने गरेको र यसमा अनुशासन तथा अज्ञाको पालन समेत सिकाउने भएकाले पर्वको महत्व रहेको बताउनुभयो । यादवले यस पर्वमा परिवारका अग्रज र आमाबाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने वचन लिने गरेको प्रसंग उल्लेख गर्नुभयो ।यादवका अनुसार सन्तानले सेवा गर्ने र हरेक आदेश पालना गर्ने भनेर तिलेतिले बहविहि अर्थात जहिने काम गर्ने आज्ञा मान्ने बचन दिएपछि तिल र शख्खरको मिश्रण प्रसादका रूपमा अभिभावकले दिने गर्छन् र सोही अवसरमा सन्तानहरूले ढोगेर आशिर्वाद प्राप्त गर्छन् ।
कार्यक्रममा सेमन्त बराल, भुवनेश्वर यादव, नविचन्द साह, इनरुवाका वडा अध्यक्षदोय सुरेन्द्रप्रसाद (श्रवण) यादव, रामचन्द्र पौदार, कैलास झा , पत्रकार जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो । खिचडी कार्यक्रम हिन्दू स्वयम्सेवक संघ नेपाल इनरुवा संचालक राजकुमा मेहताको अध्यक्षतामा सम्पन्न भएको वडा संयोजक शशि साहले जानकारी दिनुभयो ।
१, सुनसरीको सदरमुकाम इनरुवामा आयोजित सामुहिक खिचडी कार्यक्रमका अथितिहरु ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा 

खिचडी कार्यक्रममा भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, तिलको लड्डु, वस्त्र, पानीको भाँडासहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुने उल्लेख गरेको पनि वत्ताहरुले चर्चा गरेका थिए । मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ–आफ्ना यजमानकहाँ गई मैना सुनाउँछन् । संक्रान्तिका दिन स्नान गरी तिलको आगो ताप्नाले वर्षभरिको पाप पखालिन्छ भन्ने मान्यता पनि रहेको धार्मिक जानकार बलराम यादवले बताउनुभयो । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिएको हो ।

 

https://www.facebook.com/105384124596166/videos/319779190059194