सप्तरीको दक्षिणी भेगमा उत्पादन गरिएको सागसाबजी बिक्रिबितरण गरिदै कृषक – Nagarikabhiyan : National News

सप्तरीको दक्षिणी भेगमा उत्पादन गरिएको सागसाबजी बिक्रिबितरण गरिदै कृषक

सप्तरी । कोरोना भाइरस रोकथाम गर्न सरकारले गरेको लकडाउनले हरियो सागसबजीहरु दैनिक आयात हुन नसकदा स्थानिय स्तरमा उत्पादन गरिएको सागसाबजी बिक्रि गर्ने गरेको पाईएको छ ।

तरकारी खेतिले बन्दाबन्दीका बेला पनि स्थानीय स्तरमा उत्पादीत हरियो साग,सब्जी आपूर्ति व्यवस्थालाई सहज बनाएको छ ।

लकडाउनमा राजविराजसहित स्थानीयले भोग्दै आएको समस्यालाई मध्यनजर गरि सप्तरीको दक्षिण भेगका करिब १५० जना कृषक र महिला कृषकहरुले सहजताका लागि स्थानिय अस्तरमा उत्पादन गरेको तरकारीहरु गाउँ गाउँ तथा सहरबजार सम्म बिक्रि बितरण गर्ने कार्यमा अहिले बेस्त देखिएको छ ।

सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा सञ्चालित समुन्ती कार्यक्रम अन्तरर्गतको जिविकोपार्जन कार्यक्रम अन्तरर्गत जिल्लाको दक्षिणी भेगको तिलाठी कोईलाडी, छिन्नमस्ता र विष्णुपुर गाउँपालिका र राजविराज नगरपालिका वडा नं. १४ का अति विपन्न परिवारका महिला सदस्यहरुले कृषक समूह मार्फत गर्दै आएको तरकारी खेतिले बन्दाबन्दीका बेला पनि स्थानीय स्तरमा हरियो साग,सब्जी आपूर्ति व्यवस्थालाई सहज बनाएको कृषि प्राबिधिक रामकुमार साहले बताउनुभयो ।

उहाँका अनुसार कोरोना भाइरसका कारण समाजिक दुरी कायम गरि स्थानिय स्तरमा तरकारी अभाव हुन नदिनको लागि उनीहरु तरकारी उत्पादनमा जोड दिएका छन ।

अहिले उनीहरुले बिभिन्न प्रकारका साग,सबजी,लोका,फर्सी,करेला लगायत बिभिन्न प्रकारका हरियो तरकारीहरु उत्पादन गरि ग्रामीन भेग तथा सहरहरुमा समेत सहजताका लागि बिक्रि बितरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सेभ द सप्तरीले खास गरि दलित वर्गका परिवारको जिविकोपार्जनका लागि जिल्लाको दक्षिणी भेगको राजविराज नगरपालिका वडा नं. १४, बिष्णुपुर गाउँपालिका वडा नं. ६ , छिन्नमस्ता गाउँपालिका वडा नं. ३,५,६ र ७ तथा तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. २,४,५ वडामा बिभिन्न कृषक समुह बनाएर स्थानिय स्तरमा तरकारी उत्पादन गर्न जग्गा भडामा लिई कृषकहरुलाई निःशुलक बिउँबिजन सहयोग गरेको कृषि प्राबिधिक साहले जानकारी दिनुभयो ।

सोही अनुसार तिलाठी कोइलाडीमा ८ बिघा,छिन्नमस्तामा १० बिघा, राजविराज १४ मा ३ बिघा र बिषणुपुरमा भने ३ बिघा जग्गामा बिभिन्न प्रकारको तरकारी उत्पादन गरेको छ ।

दिनाराम भद्री कृषक समूह तिलाठी कोईलाडी ४ की लक्ष्मी मुखियाका अनुसार अहिले खेतबारीमै हरियो खुर्सानी दुई सय पचास रुपैयाँ प्रति केजी, भाण्टा ४० रुपैयाँ प्रति केजी, लठ्ठे साग ३० रुपैयाँ प्रति केजी, टमाटर ४० रुपैयाँ प्रति केजी र लौका ५० रुपैयाँ गोटा सस्तो दरमा बिक्री भैरहेको बताउनुभयो ।

महिलाहरुले आफैले लगाएको तरकारीबारीबाट राम्रो आम्दानी आउन थालेपछि उनीहरु हर्सित भएका छन ।

त्यस्तै बजरंगबली कृषक समूह तिलाठी कोईलाडी ५की पानो देवी रजकले भन्नुभयो तरकारी खेती गर्ने सपनालाई साकार पार्न सहयोग गरेका सेभ द सप्तरी र सेभ द चिल्ड्रेन संस्था प्रति आफूहरु अभारी रहेको बताएकी छिन ।

आफनो जग्गा नभएपनि उनी समूहगत रुपमा स्थानीय जग्गा धनीहरुसँग सहकार्य गरी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्दै आएका छन ।

कतिपयले यसै खेतिबाट आ—आफ्नो छोरा छोरीलाई उच्च शिक्षा समेत पढाईएको सेभ द सप्तरीका समुन्नती कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो शिक्षा ,दिक्षा र गास बास, कपासको राम्रो माध्यम तरकारी खेति बनेको छ ।

उनीहरुलाई बिउ,बिजन,मल खाघ, किटनाशक औषधी लगायतका आवश्यक कृषि औजार तथा सिंचाईका लागि पम्प सेट,बोरिंगको लागि यस परियोजनाले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

सेभ द सप्तरीका अनुसार समुन्ती कार्यक्रम अन्तरर्गतको जिविकोपार्जन कार्यक्रमम सप्तरीको तिलाठी कोईलाडी, छिन्नमस्ता, विष्णुपुर गाउँपालिका र राजविराज नगरपालिकाका केही वडाका अति विपन्न परिवारका सदस्यहरु यस परियोजनाबाट लाभाम्बीत रहेको जनाइएको छ ।

उत्त क्षेत्रका महिलाहरु विगत ३ वर्ष देखी तरकारी खेती गरी मग्नीय आम्दनी गर्दै आएका छन । उक्त आम्दानीबाट आफनो घर खर्च र जिविकोपार्जन गर्न पाउदा साहरे खुशी देखिएको छ ।