संघीय सरकारको निर्णय विपरित इनरुवाका प्रअको मनोमानी
२७ पुष २०७८, मंगलवार १८:४०
नेपाल सरकारले गरेको निर्णयको अवज्ञा गर्दै सुनसरी सदरमुकाम इनरुवाका विद्यालयहरुले परीक्षा संचालन गर्ने भएको छ । संघीय सरकारको निर्णय विपरित इनरुवाका केही प्रधानाध्यापकको स्वार्थपुर्तीका नाममा मनोमानी गर्दै विद्यालयहरुले परीक्षा संचालन गर्ने भएको हो ।
विधार्थीहरुलाई सरकारको निर्णय अनुसार जानकारी सहित बन्द भएको सूचना जारी गरेको विद्यालयहरुले फेरी परीक्षा संचालनको नाममा आएको बजेट सक्ने नाममा विद्यालयका केही प्रअहरुले परीक्षा संचालन गर्ने भएको छ ।
एक प्रधानाध्यापकका अनुसार सूचना संशोधन गरिएको सम्बन्धमा उल्लेख गर्दै संघीय सरकारको सूचना बमोजिम विद्यालयको पठनपाठन लगायत परीक्षाका सम्पूर्ण कार्यक्रम रद्द हुने भएकोले सोही अनुसार सूचना गरिएको तर पछि नगर र नगरका प्रअहरुसङग समन्वय गर्दा पूर्व निर्धारीत परीक्षाका कार्यक्रममा केहि संशोधन गरेर सञ्चालन गर्नुपर्ने भएकोले सोही अनुसार दोस्रो त्रैमासिक परीक्षा कार्यक्रम सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गराइन्छ भनिएको छ । ती प्रअले यसबाट सम्बन्धित वर्गमा भएको असुविधाप्रति विद्यालय क्षमायाचना गर्दछ भनिएको छ ।
शरदा माविका विधार्थी शोभानन्द मेहताले सरकारी नियम र निर्णय विपरित विद्यालयले परीक्षा लिन खोजेको आरोप लगाउनुभयो । अर्का विधार्थी खालिद अंसारीले सरकारको निर्णयलाई चुनौती दिदै शारदा माविले परीक्षाको तयारी गरेकाले कार्वाही गर्नुपर्ने माग गर्नुभयो । इनरुवा परीक्षा समितिका संयोजक तथा शारदा माविका प्रअ तिर्थराज भट्टराईले आफूखुसी गरेको अर्का एक विधार्थी देव कार्कीले गुनासो गर्नुभयो ।
सुनसरी सदरमुकाम इनरुवाका विद्यालयहरुले परीक्षा संचालन गर्ने निर्णय आफूहरुको आधिकारीक नभएको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले प्रतिकृया दिनुभयो । संघीय सरकारको निर्णय विपरित इनरुवाका केही पनि प्रधानाध्यापकले गर्न नहुने निरौलाको भनाई छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले १३ वुदे आदेश गर्दै संघीय सरकारको निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि अपिल गर्नुभएको छ ।
एता परीक्षा समितिका संयोजक तिर्थराज भट्टराईले परीक्षा तालिका सार्वजनिक गरेको छ । प्रजिअ यादव र संघीय सरकारको निर्णय आदेश विपरित आजैको मितिमा परीक्षा तालिका सार्वजनिक गरेको छ ।
भट्टराईलाई कार्वाही गर्नुपर्ने विधार्थीहरुले माग उठाएका छन् । भट्टराईले भने सिडियोको फोन कुराकानीमा माघ ३ गतेभित्र सक्ने गरी परीक्षाको अनुमती दिएको दावी गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया