सुनसरी खोलाको बाढीले नरसिंहको सयौँ घर डुवानमा
२५ भाद्र २०७७, बिहीबार १६:४२
यादवका अनुसार भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा सुनसरी खोलको बाढीले लगभग एक सय भन्दा बढी घरपरिवार बाढी बाट प्रभावित भएका छन् । बाढीको कहरले प्रकृतिक संरचना देखी भगौलीक संरचना सम्म प्रभावित भएका छन् । साथै भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ को राम बस्ती वाड नम्बर ७ को रामजानकी मन्दिर उत्तर मण्डल टोलको दर्जनौँ घरपरिवार बाढी बाट प्रभावित भएका छन् ।
सुनसरी खोलाको प्राकृतिक प्रकोप, बाढीले स्थानीय जनता पटक पटक प्रत्यक्ष रुपमा पीडित बनेपनि स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारका जनप्रतिनिधिहरुले यावत समस्या माथी कुनै चासो नादेखाएको स्थानीय जनताहरुको गुनासो छ ।
बाढीको कारणले भोक्राहा नरसिंह गाउँपालिका–५ राम बस्ती, नरसिंहको दलित बस्ती डुबानमा परेको छ । नरसिंहको राम टोल, दास टोल र सुकुम्बासी टोलका गरी तीन सय घर परिवार भन्दाबढी डुबानको चपेटामा परेका छन् । केहीलाई घरमा भान्सा गर्ने अवस्थासमेत नरहेको स्थानीय चन्दन मरवैताले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया