कोसी गाउँपालिकामा मावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
२५ पुष २०७८, आईतवार १८:५०
सुनसरीको कोसी गाउँपालिकामा मावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । आईतबार कोशी–१ को राष्ट्रिय माध्यमिक विद्यालय लौकहीमा कोशी गाउँपालिका मावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम समपन्न भएको हो ।
सामाजिक परिवर्तन केन्द्र काठमाडौ र सक्रिय मानव बिकास संस्था कोशी २ को सहकार्यमा मावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको स्थानीय मानव अधिकार समूहका उपाध्यक्ष श्याम खंगले जानकारी दिनुभयो । 
मावी स्तरीय हाजिरी जवाफ प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रका पाँचवटा माविहरु राष्ट्रिय मावि लौकही, कोशी जनता मावि हरिपुर, राष्ट्रिय माबी श्रीपुर, श्री राष्ट्रिय माबी शोभनपुर र कोशी मावी पश्चिम कुसाहाको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रत्येक विद्यालयबाट मावि तहका ४÷४ जना बालबालिकाको सहभागीता थियो ।
सुशासन सर्कलकी अभियन्ता कबिता मण्डल र शिक्षक बालेश्वर यादबले संचालन गरेको कार्यक्रमको अध्यक्षता सक्रिय मानव बिकास संस्थाकी अध्यक्ष राजकुमारी यादवले गर्नुभएको थियो ।
मूख्य आतिथ्यता राष्ट्रिय माबी लौकहीका प्रअ बिरेन्द्र यादव तथा विभिन्न बिध्यालयका शिक्षक प्रतिनिधि र सामाजिक परिबर्तन केन्द्रका रमेश भट्टराईको सहितको उपस्थिती रहेको थियो ।
विजयी तथा सहभागीहरुलाई पुरस्कार वितरण गरिएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया