सीडीओहरु पुगे गृहमन्त्रालयमा
२३ भाद्र २०७७, मंगलवार १८:२७
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा सम्बन्धि नयाँ निर्णयबारे छलफल गर्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरु गृह मन्त्रालयमा पुगेका छन् ।
बैठक सकेर निषेधाज्ञाको आगामी रणनीतिको मस्यौदासहित काठमाडौंका सीडीओ जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डे मन्त्रलायमा पुगेका हुन् ।
‘हामी संयुक्त बैठक सकेर मन्त्रालय आएका छौं । मन्त्रलायको छलफलपछि निषेधाज्ञाबारे निर्णय हुन्छ,’ काठमाडौंका सीडीओ दाहालले भने । केही प्रावधानलाई खुकुलो पार्दै निषेधाज्ञालाई निरन्तरता दिने विषयमा मन्त्रलायमा छलफल भैरहेको गृह मन्त्रालय स्रोतले बताएको छ । यसअघि थपिएको निषेधाज्ञाको अवधि बुधबार मध्यराति सकिदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया