थारु समुदायको कला संस्कृति समेटिएको माघी गित निकाल्ने तयारी – Nagarikabhiyan : National News

थारु समुदायको कला संस्कृति समेटिएको माघी गित निकाल्ने तयारी

पूर्वी थारु समुदायको माघी पर्वलाई लक्षित गरी सुनसरीका थारु कला संस्कृति समेटिएर माघी गित निकाल्ने तयारी अन्तिम चरणमा पुगेको छ । आगामी माघ १ गते पर्ने माघी पर्वमा थारु समुदायले आफ्नो जातिय पहिचान झल्काउने किसिमका भुजाको लडु, तिलको लडु, कुल देवता पुजा, गाउँ घरमा लगाउने पहिरन लगायतका सांस्कृतिक झल्कीने किसिमका विषय बस्तुहरु समेटिएर एलै माघि रे गितको माध्यमबाट देख्न र सुन्न सकिने गरि गीत ल्याउन लागेको जनाएको छ ।
मेगा डिजिटल रेकर्डिङ्गको प्रोडक्सन तथा रचना शब्द संगित कुलदिप चौधरी रहेको एलै माघि रे बोलको गितमा स्वर अनु चौधरी र कुलदिप चौधरीको रहेको जनाइएको छ । उक्त गीतको सुनसरी लगायत आसपासको विभिन्न क्षेत्रमा छायांकन गरी रहेको छ भने गितमा मोडेलको रुपमा महेश कुमार चौधरी, विनोद चौधरी, उमेश चौधरी, ममता चौधरी, दिपिका चौधरी र सुरभी खाँ रहेका छन् । गीतको कोरियो ग्रार्फी दर्पी सरदारले गरि रहेको छ भने मेकप म्याद अवध नारायण राजबंशी तथा क्यामेरामा हेमन योजन र राजबाबु विश्वासले गरी रहेको आयोजकले जनाएको छ ।