सुनसरी बहुमुखी क्याम्पसमा नेपाल विधार्थी संघले नयाँ ईकाई सभापती तोके – Nagarikabhiyan : National News

सुनसरी बहुमुखी क्याम्पसमा नेपाल विधार्थी संघले नयाँ ईकाई सभापती तोके

सुनसरी सदरमुकाम इनरुवाको आगिंक क्याम्पस सुनसरी बहुमुखी क्याम्पसमा नेपाल विधार्थी संघले नयाँ ईकाई सभापती तोकेको छ । आईतबार नेपाल विधार्थी संघका सुनसरी वरिष्ठ उपसभापती गुणानन्द चौधरीले नेपाल विद्यार्थी संघका सुन्सरी क्याम्पस इकाई सभापतीमा सेराज हुसैनलाई जिम्मेबारी तोकेको हो । हुसेनको लगनशिलता, अनुशासन तथा विधार्थीको हितका लागि गरेको काम र पहलको आधारमा सभापती तोकेको नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला कार्य समितिको वरिष्ठ उपसभापति गुणानन्द चौधरीले जानकारी दिनुभयो ।