सुशासन अभियान सुनसरीले परिवर्तन रैली निकाल्ने
१७ पुष २०७८, शनिबार १७:५२
सुनसरी सदरमुकाम इनरुवामा अस्पताल सुधार सहित विकासमा खबरदारी गर्दै आएको सुशासन अभियान इनरुवा सुनसरीले नयाँ शैलीको कार्यक्रम गर्ने निर्णय गरेको छ । अभियानले इनरुवामा वृहत परिवर्तन रैली निकाल्ने निर्णय गरेको हो । सनिबार भएको पूर्ण बैठक तथा सरोकारबालाहरुको वृहत सहभागितामा सुशासन अभियान इनरुवा सुनसरीले परिवर्तन रयाली निकाल्ने निर्णय गरेको संयोजक दिलिपचन्द साहुले जानकारी दिनुभयो । र्यालीमा
इनरुवामा २५ हजार भन्दा बढीको जन सहभागिता रहने जनाएको छ । त्यसमा माघ १९ गते परिवर्तन र्यालीका लागि सय वटा समितिबाट जनसहभागिता हुनेछ । त्यसअघि माघ ८ गते पनि सात्यनारायण मन्दिरमा वृत चित्र र नागारिकको पीडाका बारेमा छलफल गर्ने जनाएको छ । सोही सुशासन अभियान इनरुवा सुनसरीले इनरुवा अस्पतालमा मेडिकल सुपरिटेण्टको जिम्मेबारी तोक्न समेत आग्रह गर्ने निर्णय गरेको छ । परिवर्तन र्याली निकाल्ने कार्य पूर्व अस्पातलमा आएका नयाँ डाक्टरसंग समेत छलफल र अवस्थाका बारेमा जानकारी लिएका थिए ।
अस्तव्यस्त स्वास्थ्य, शिक्षा, विकास निर्माणको कार्यहरूमा भएको भ्रष्टाचार एवमं ढिलासुस्ती र भ्रष्ट जनप्रतिनिधिको भण्डाफोर गर्ने र कुसाशन विरुद्ध परिवर्तन र्यालीको तयारी भएको सह संयोजक देवकृष्ण मेहताले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया