विराटनगरकी ४४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु – Nagarikabhiyan : National News

विराटनगरकी ४४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगर-११ की ४४ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि टंकिसिनवारीस्थित विराट मेडिकल कलेजमा मंगलबार दिउँसो भर्ना गरिएकोमा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

महिलालाई पोजेटिभ रिपोर्ट आएपछि मेडिकल कलेजकै आइसोलेशनमा भर्नाको तयारीगर्दा आकस्मिक कक्षमै मृत्यू भएको जनाइएको छ । मृतक महिलालाई निमोनियाको समेत लक्षण देखिएको थियो ।

विराटनगरमा मृतक महिलासहित कोरोनाको संक्रमण पुष्टि भएका ११ जनाको मृत्यू भएको छ ।