माया चिनो र खादाँ सहित भव्य विदाई तथा सम्मान
११ पुष २०७८, आईतवार १८:०७
जिल्ला प्रहरी कार्यलय सुनसरीबाट ट्राफिक कार्यालय इटहरी सरुवा भएर जान लाग्नु भएका कार्यलयका महिला, जेष्ट नागरिक तथा बालबालिका शाखामा कार्यरत्त प्रहरी नायव निरीक्षक बिनु बस्नेतलाई संघसंस्थाहरुले विदाई सम्मान गरेको छ । माया चिनो र खादाँ सहित इनरुवामा एक कार्यक्रमको आयोजना गरी भव्य विदाई तथा सम्मान गरिएको हो ।
बस्नेतलाई विदाई भएर जान लाग्नुभएको ठाउँमा पनि माननिय सेवा र नागरिकसंगको सम्बन्ध अझै राम्रो र कार्यकाल सफल होस भनेर कामना सहित सम्मान गरेको छ । गैर सरकारी संस्था महासंघका मेघराज न्यौपाने, इन्सेकका जयकृष्ण यादव, अधिकारकर्मी सरिता कार्की, मानव अधिकार समूह कोशीकी अध्यक्ष अनिता उराँव सहितकाले अगामि कार्यकाला सफलताको शुभकामना समेत दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया