समस्या पहिचान गरि विकास गर्ने पक्षमा काग्रेंस ः मन्त्री कार्की – Nagarikabhiyan : National News

समस्या पहिचान गरि विकास गर्ने पक्षमा काग्रेंस ः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विकासका लागि सरकारले सबै खाले प्रयास जारी राखेको बताउनुभएको छ । आईतबार सुनसरीको हरिनगर गाउँपालिका २ को कालोपत्रे बाटो शिलान्यास कार्यक्रमलाई सम्बोधन गनुहुदै सरकारले आफ्नो स्रोतले भ्याएसम्म आवश्कयतामा आधारित विकासलाई निरन्तरता दिएको बताउनुभयो । मन्त्री कार्कीले हरीनगर गाउँपालिका २ को रामनगरभुटहा बजारबाट बसन्तपुरसम्म र मन्नान सिद्दिकी घर देखि रामकुमार गुप्ताको घरसम्मको बाटोमा कालोपत्रे गर्ने गरी शिलन्यास गर्नुहुदै देशको एकमात्रै विकास गर्ने र जनप्रेमी पार्टी नेपाली काग्रेंस रहेको बताउनुभयो । वहाँले जहाँ जहाँ काग्रेंसले जितेको छ त्यहाँ त्यहाँ विकासले गती लिएको बताउनुहुदै सोही लहरको अनुभुती हरिनगरबासीले गर्न पाउने गरि कयौ बाटो कालोपत्रे भएको र यो दुई वटा बाटो समयमा नै कालो पत्रे हुने बताउनुभयो । वहाँले सुनसरीको हरिनगर गाउँपालिकामा काग्रेंसका जनप्रतिनिधि आएपछिको उन्नति, प्रगति, विकास र सुशासन अनि नागरिकमैत्री कामको प्रशसां समेत गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्र समेत रहेको चर्चा गर्नुहुदै मन्त्री कार्कीले विकासमा पछाडि परेका क्षेत्रहरुलाई काग्रेंसले र आफूले पनि ध्यानमा राखी विकास गर्दै आएको बताउनुभयो ।
वहाँले विकासका लागि सुरुमा समस्या पहिचान गर्ने, त्यसको सामाधानका लागि समन्वय गर्ने र सहकार्यमा विकास गर्ने तथा समाधान गर्ने बताउनुभयो । नेपाली जनातको साथमा काग्रेंस रहेको र काग्रेंसको साथमा जनता भए मात्रै विकासले थप गति लिने बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री कार्कीले गुटबन्दी अन्त्य गर्दै पार्टीका उम्मेदबारलाई स्थानीय, प्रदेश र संघको निर्वाचनमा जिताउनुपर्नेमा जोड दिनुभयो । वहाँले केही महिनापछि हुन लागेको स्थानीय तहको चुनावमा पार्टी भित्रको निर्वाचनको प्रतिरोध नसाधी काग्रेंसको जितका लागि एकताबद्ध बनाएर लाग्नुपर्नेमा जोड दिनुभयो । वहाँले स्थानीय तहको निर्वाचन पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समेत गुटबन्दी र भागबन्डालाई त्यागेर सिगों पार्टीको हितमा लाग्न आग्रह गर्नुभयो ।
विगतमा पार्टीभित्र मौलाउँदै गएको गुटबन्दी र आन्तरिक समस्याहरु पर्टी भित्रको लोकतान्त्रिक अभ्यास निर्वाचनबाट छिनोफानो भएकाले अव सबैलाई एकढिक्का भएर चुनाव जित्ने गरी तयारीमा जुट्न आग्रह गर्नुभयो । वहाँले पार्टीको नीति र सिद्धान्तविपरीत कोही कसैलाई काम गर्न आग्रह गर्नुहुदै पार्टी रहेको खण्डमा मात्रै नेता कार्यकर्ता रहने र देशको विकास हुने भएकाले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन अपिल गर्नुभयो ।
पार्टीमा लामो समयसम्म काम गरेका इमानदार र योग्य व्यक्तिलाई पार्टीले मूल्याकन गर्ने र त्यसमा मतदाताले पनि साथ र सहयोग गर्नुपर्ने बताउनुभयो ।
यसैबीच आइतवार बराहक्षेत्र नगरपालिकाको चक्रघट्टि स्थित सप्तकोसी बहुमुखि क्याम्पसका विद्यार्थीहरुसंगको अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री कार्कीले हाल क्याम्पस रहेको सरकारी जग्गामा ५० शैय्याको अस्पताल निर्माणको प्रकृया अगाडि बनाईने घोषणा गर्नुभयो । अस्पतालको लागि डेढ बिग्घा जग्गा आवश्य पर्ने भएकाले जग्गा उपलब्ध हुनासाथ सम्झौता गरेर २ बर्ष भित्र अस्पतालको भवनको काम सम्पन्न गर्न लागि पर्ने कार्कीले बताउनुभयो । वहाँले फरक प्रसंगमा आफ्नो निर्वाचन क्षेत्रमा नँया विकासका योजना लिएर आएको पनि बताउनुभयो । शिक्षा, सडक , विधुत जस्ता क्षेत्रमा सांसद हुदा काम गरेको र जनतामा अस्पताल र कालोपत्रे सडकको योजना लिएर आईपुगेको बताउनुभयो ।
मन्त्री कार्कीले बराहक्षेत्रको बाङ्गे देखि नडाहाहुँदै धरान जोड्ने कच्चि सडकलाई कालोपत्रे गर्न प्रदेश नं १ का सरकारका भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीलाई आग्रह गर्नुभएको थियो । उहाँले धरान जोड्ने सडकको काम प्रदेस सरकारले गर्न सक्ने तर प्रदेशले नगरे संघीय सरकारको नयाँ बजेटबाट त्यो काम गर्ने समेत आश्वाशन दिनुभयो । जनप्रतिनिधि सवै जनताको साझा हुने भएकाले बिकास र न्यायको पक्षमा सधै लागिरहने समेत कार्कीले बताउनुभयो । जनताको सेवा गर्न मन्त्री भएको भन्दै बिकास बिनाको राजनीति जनताकालागि धोका हुने बताउनुहुदै समस्याको पहिचान गरि विकासको काम क्रमशः गर्दै जाने बताउनुभयो । उहाँले भन्नुभयो, “म जे बोल्नु, त्यो पुरा गर्छु, जुन काम हुन्छ भन्छु त्यो गर्छु, झुठको राजनितिक म गर्दिन । ” मन्त्री कार्कीले निर्वाचन जित्न मात्र आफू यस क्षेत्रको सासद नभएको भन्दै जनताको भलो तथा विकास गर्न लागि आएको बताउनुभयो । शिल्यास भएका बिकास निर्माणका योजनाहरु सफल पार्नका लागि स्थानीयवासीलाई खबरदारी सहित सहयोग गर्न आग्रह समेत मन्त्री कार्कीले गर्नुभयो ।
“बिकास बिनाको राजनिती खोक्रो भाषण मात्र हुने भएको भन्दै आफू बिकासप्रेमी नेता भएको दाबी गर्नुभयो । कार्यक्रंममा प्रदेश नं १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्की, बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, कोशी गाउपालिकाका अध्यक्ष ऐयुब अन्सारी लगायतले विकासमा केन्द्रीय सरकारले सहयोग गर्नुपर्नेर्मा जोड दिनुभएको थियो ।
आईतबार नै भोक्राहा नरसिंह गाउँपालिका वाड नम्बर ४ को वडा कार्यालयको समेत शिलान्यास गर्नुभएको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् सञ्चार तथा सूचना प्रबिधि मन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ का संघीय सासद नेपाल सरकारको प्रबक्ता ज्ञानेन्द्र बहादुर कार्कीले वडा कार्यालय सिलान्यास गर्नुहुदै काग्रेंसले विकासको मुहान खोलेको बताउनुभयो । अहिले संयुक्त सरकार भएकाले पूर्ण काम गर्न केही समस्या भएपनि जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्ने गरी काम गरिरहेको बताउनुभयो । सिलान्यास कार्यक्रममा भोक्राहा नरसिंहका जनप्रतिनिधिहरु, गाउँबासी तथा नेता कार्यकर्ता लगायतको उपस्थिती रहेको वडा अध्यक्ष हारुन अन्सारीले जानकारी दिनुभयो ।