आपतकालिन अवस्थामा सञ्चार र समन्वय सम्बन्धी तालिम
९ पुष २०७८, शुक्रबार १८:१९
सुनसरीको इटहरी उपमहानगरपालिका स्थित एसओएस बालग्राममा आपतकालिन अवस्थामा सञ्चार र समन्वय सम्बन्धी तालिम सम्पन्न भएको छ । एसओएस बालग्रामका विधार्थी तथा युवाहरुको लागि विभिन्न विपतको बेलामा आउन सक्ने आपतकालिन अवस्थामा उद्धार, उपचार र राहतका लागि कसरी छिटो तथा सही सञ्चार गर्न सकिन्छ भन्ने बारेमा तालिम सम्पन्न भएको हो ।
आपतकालिन अवस्थामा सही सूचना, सही ठाउँमा कसरी पठाउने र त्यसमा समन्वय कसरी गर्ने लगायतको विषययमा तालिममा प्रशिक्षण दिएको सहभागीहरुले बताएका छन् । तालिममा पत्रकार जयकृष्ण यादव र रेडक्रस सोसाईटीका रविन घिमिरेले सहजिकरण गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा एसओएस बालग्राम नेपालका नायव राष्टिय निर्देशक गंगाबहादुर गुरुगंले बाढी, पहिरो, भूकम्प, आगलागी, सितलहरण तथा अहिलेको कोभिड १९ लगायतका वीपतको रोकथाम तथा उद्धार र व्यवस्थापन, समन्वय, खोज तथा उद्धार, खाद्य तथा जिविकोपार्जन, आपत्कालीन आवास तथा गैह्खाद्य, स्वास्थ्य र पोषण, आपतकालिन शिक्षा र संरक्षण सहितका सवालमा जानकारी दिन तालिम फलदाय भएको बताउनुभयो । एसओएस हर्मनमाईनर विद्यालय इटहरीका प्राचार्य शान्तिराम तिम्सिनाले बालग्राममा बालबालिकाहरु त्था युवाहरुलाई क्षमता विकास र नेतृत्व विकास सहित आपतकालिन समयमा वा अवस्थामा सरोकारबाला निकायसंग कसरी प्रभावकारी सञ्चार र समन्वय गर्ने भनी तालिम दिएको बताउनुभयो ।
तालिम एसओएस बालग्राम इटहरीका निर्देशक देवचरण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन कार्यक्रममा चौधरीले आपतकालिन अवस्थामा सञ्चार र समन्वय सम्बन्धी सबैलाई जानकारी हुनुपर्ने र त्यसमा अध्ययनरत्त विधार्थीलाई पनि जानकारी आवश्यक पर्ने भएकाले समस्या पहिचान, सरोकारबाला पहिचान र त्यसमा सूचना तथा संचार गर्ने माध्यम र गरिका सिकाउन तालिम उपल्बधीमुलक भएको बताउनुभयो ।
वहाँले तालिम सशक्तिकरण गर्ने माध्यम समेत भएकाले शिक्षक, युवा र बालबालिकाहरुलाई एकैठाउँमा राखेर प्रभावकारी संचार र समन्वयको बारेमा जानकारी दिएको बताउनुभयो । आपतकालिन अवस्थामा सञ्चार र समन्वय सम्बन्धी तालिममा २८ जनाको सहभागीता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया