पाँचतले घरको छतबाट हाम फाल्दा महिलाको मृत्यु
७ पुष २०७८, बुधबार १०:२८
इलाम । इलाम नगरपालिका-८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छिन्
पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानकाे घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएकाे प्रहरीले जानकारी दिएकाे छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएकाे छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । – न्युज कारखाना

फेसबुकबाट तपाईको प्रतिक्रिया