अफगानिस्तानबारे छलफल गर्न इस्लामिक मुलुकका विदेशमन्त्रीहरु पाकिस्तानमा – Nagarikabhiyan : National News

अफगानिस्तानबारे छलफल गर्न इस्लामिक मुलुकका विदेशमन्त्रीहरु पाकिस्तानमा

काठमाडौं। इस्लामिक सहयोग संगठनमा आवद्ध मुलुकका विदेशमन्त्रीहरुको विशेष सत्र पाकिस्तानमा सुरु भएको छ ।

इस्लामावादस्थित संसद भवनमा ५७ सदस्यीय इस्लामिक सहयोग संगठन (ओआईसी) का विदेशमन्त्रीको विशेष सत्र सुरु भएको पाकिस्तानी समाचार माध्यमले डन डटकमले उल्लेख गरेको छ।

विशेष सत्रमा २० राष्ट्रका विदेशमन्त्री, १० राष्ट्रका उप-विदेशमन्त्री र बाँकी मुलुकका वरिष्ठ अधिकारी सहभागी भएका छन्। त्यस्तै राष्ट्रसंघ, अन्तर्राष्ट्रिय वित्तीय संस्था, अन्तर्राष्ट्रिय संघ-संगठनसहित जापान र जर्मनीका प्रतिनिधि समेत विशेष सत्रमा सहभागी भएका छन्।

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कूरेशीले विशेष सत्रको उद्घाटन गर्दै सारा विश्वलाई अफगान नागरिकको पक्षमा उभिन अपील गरेका छन् । उनले अफगानिस्तानमा जारी मानवीय एवं खाद्य संकट समाधान नभएकोमा समेत चिन्ता व्यक्त गरे ।