म्युजिकल चियर प्रतियोगितामा मेहता प्रथम – Nagarikabhiyan : National News

म्युजिकल चियर प्रतियोगितामा मेहता प्रथम

सुनसरीको भोक्राहा नरर्सिह गाउँपालिका २ को श्री आधारभुत विद्यालयमा कक्षास्तरीय म्युजिकल चियर प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार विद्यालयमा गठित बाल क्लबको समन्वय र विद्यालयको आयोजना तथा विद्यालयका प्रधानाध्याप मनोज कुमार मेहताको अध्यक्षतामा म्युजिकल चियर प्रतियोगिता सम्पन्न भएको हो । सम्पन्न भएको कार्यक्रममा कक्षा ४ देखि ८ सम्मका ३६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा आकृति मेहता प्रथम, शोभा उराँव द्धितीय, सम्झना उराँव तृतीय र सरस्वती मेहता सान्तवना भएका छन् । विद्यालयले प्रथम, द्धितीय, तृतीय र सान्तवना भएकाहरुलाई प्रधानाध्यापक मनोज कुमार मेहता, शिक्षक सूर्यनारायण मेहता, देवचरण मेहताले शैक्षिक सामग्रीबाट पुरस्कृत गरेको विद्यालयका शिक्षक महानन्द साहले जानकारी दिनुभयो ।


१,सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ को श्री आधारभुत विद्यालयमा सम्पन्न प्रतियोगिताका विजयी प्रतियोगिलाई पुरस्कार वितरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा