भोक्राहामा पहिलो पटक होटेल संचालन – Nagarikabhiyan : National News

भोक्राहामा पहिलो पटक होटेल संचालन

सुनसरीको भोक्राहा नरर्सिह गाउँपालिकामा पहिलो पटक २० जनालाई बास दिने गरी स्तरीय होटेल संचालनमा आएको छ । गाउँपालिका भएपछि पहिलो पटक स्थानीय युवा व्यवसायीय अनवर हुसेनले होटेल स्टार संचालनमा ल्याउएको हो । शुक्रबार दिउसो कोशी गाउँपालिका अध्यक्ष तथा नेपाली काग्रेंस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापती ऐयुव अंसारीले होटल स्टारको उद्घाटन गर्नुभएको छ । स्थानीयबासी तथा भोक्राहा नरसिंह गाउँपालिका २ का वडा अध्यक्ष आलम अंसारीको तीन तल्ले २४ कोठे भवनमा होटेल स्टान उद्घाटन भएसगैं संचालनमा आएको छ । होटेल स्टार उद्घाटन कार्यक्रम जनता समाजवादी पार्टीका नेता डा. खालिन हुसेन, नेपाली काग्रेंसका डा. इसराईल मंसुरी सहितका सरोकारबालाहरुले गाउँमा होटल संचालनमा आएकामा खुसी व्यक्त गर्दै कोशी टप्पु , चतरा, बराहक्षेत्र , रामधुनी लगायतका पर्यटकीय क्षेत्रमा आउने पर्यटकका लागि समेत होटल सहज भएको बताएका छन् ।
चिरौली चौक नजिकै करोड रुपियाँको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको स्थानीय व्यवसायी अनवर हुसेनले बताउनुभयो । भोक्राहा क्षेत्रमा सुविधा सम्पन्न होटल नहुँदा यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न नसकेको अवस्थालाई मध्यनजर गर्दै अंसारीले होटल सञ्चालनमा ल्याउनुभएको हो । कोशी टप्पु र रामधुनी पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ होटल सञ्चालनमा ल्याएको हुसेनको भनाइ छ ।
विगतमा कोशी टप्पु वन्य जन्तु आरक्ष, रामधुनी बराहक्षेत्रमा आएका पर्यटक सुविधा सम्पन्न होटल नभएकै कारण विराटनगर, इटहरी, धरान, इनरुवा फर्कनुपर्ने अवस्था थियो ।

१,सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ चिरौलीमा होटर स्टारको उद्घाटन गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा