अमेरिकामा कोरोना संक्रमितको संख्या सात लाख नाघ्यो
६ बैशाख २०७७, शनिबार ०२:४९
काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म सात लाख दुई सय ८२ जना मानिसमा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।
चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म करिब ३७ हजार मानिसको मृत्यु भइसकेको छ ।
अमेरिकामा अहिलेसम्म ५८ हजार पाँच सय ८७ जना संक्रमितहरु निको भएर घर फर्किसकेका छन् ।
कोरोना भाइरसको कारण विश्वभर संक्रमित हुनेको संख्या २२ लाख ४२ हजार नाघिसकेको छ । यसबाट अहिलेसम्म एक लाख ५४ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । अहिलेसम्म पाँच लाख ६८ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया