पूर्व डिआइजी रमेश खरेलले बनाए नयाँ पार्टी, के हो नाम ?
२४ मंसिर २०७८, शुक्रबार १४:४०
काठमाडौ । कुनै एक क्षेत्रमा विशेष स्थान बनाइकाहरु विस्तारै राजनीतिमा प्रवेश गर्ने गरेका धेरै उदाहरण छन् । कलाकार, पत्रकार तथा सामाजिक अभियन्ताहरु अन्तत राजनीतिमै जान्छन् । त्यस्तै शुक्रवार पूर्वडीआईजी रमेश खरेलले पनि नयाँ दल घोषणा गर्दैछन् । नेपाल सुशासन अभियानका संयोजक खरेलले आज दिउँसो बजे पत्रकार सम्मेलन गरी ‘नेपाल सुशासन पार्टी’ घोषणा गर्ने जानकारी विज्ञप्तिमार्फत दिएका हुन्।
जारी विज्ञप्तिमा ‘गौरवमय इतिहास र आफ्नै फरक पहिचान बोकेको हाम्रो देश नेपाल, पृथ्वीकै लागि गर्विलो देश हो। देशलाई समृद्ध बनाई देश सफल र शक्तिशाली बनाउन नेपालमा थुप्रै सम्भावनाहरू रहेका छन्। तर दुर्भाग्यवश हरेक सम्भावनाबाट पर्याप्तता रहेको हाम्रो देश राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचारजस्ता कारणले गर्दा विकासको गति लिन पाएन।
त्यसैले एक नयाँ आयामको रूपमा नेपाललाई सफल र शक्तिशाली देशको रूपमा स्थापित गर्न नयाँ पार्टी गठन गर्न लागिएको’ उल्लेख गरिएको छ।२९ वर्ष प्रहरी सेवामा रहेका डीआईजी खरेलले प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनी भ्रष्टाचार र अनियमितताविरूद्ध नेपाल सुशासन अभियान सञ्चालन गरिरहेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया