हेलिकोप्टर दुर्घटनामा विपिन रावत दम्पतीसहित १३ जनाको मृत्यु – Nagarikabhiyan : National News

हेलिकोप्टर दुर्घटनामा विपिन रावत दम्पतीसहित १३ जनाको मृत्यु

विराटनगर । भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको मृत्यु भएको भारतीय वायु सेनाले पुष्टि गरेको छ।

रावतसहित उनको पत्नी मधुलिका र थप ११ जनाको निधन भएको हो । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा हेलिकोप्टरमा सवार १४ मध्ये १३ जनाको निधन भएको हो ।

दुर्घटनामा रावतसँगै उनकी पत्नीको पनि निधन भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ । दुर्घटनामा परेका एक सैन्य अधिकारीको उपचार जारी छ ।

उक्त हेलिकोप्टर दुर्घटनापछि रावतलाई अस्पताल भर्ना गरिएको थियो । त्यहीं उनको निधन भएको भारतीय एयर फोर्सले जनाएको छ । भारतीय सेनाको एमआई-१७ भी ५ हेलिकोप्टर बुधबार दुर्घटनामा परेको थियो ।