नेपालमा कोरोना भाइरसको भ्याक्सिन कहिले प्रयोग गर्न पाउलान् ? – Nagarikabhiyan : National News

नेपालमा कोरोना भाइरसको भ्याक्सिन कहिले प्रयोग गर्न पाउलान् ?

काठमाडौं । सँसारका शक्तिशाली र धनी देशहरुले कोरोना भाइरसको भ्याक्सिन विकास गरी प्रयोगको समेत तयारी गरेका छन् । तर, आर्थिक रुपमा विपन्न देशहरु र मध्यमस्तरका देशहरुका लागि कोरोना भाइरसको भ्याक्सिन कहिले प्रयोग गर्न पाउलान् ? यो गम्भीर प्रश्न बनेको छ ।

धनी देशहरु अहिले नै भ्याक्सिन प्रयोग गरेर ढुक्कसाथ आर्थिक तथा सामाजिक गतिविधिमा सक्रिय हुने तयारीमा पुगिसकेका छन् । कोरोना भाइरसले समस्यामा पारेको नेपाल जस्तो देशहरुमा यस्तो तयारी देखिदैन । यसले कम्तिमा एक वर्ष आर्थिक गतिविधिमै समस्या पारिरहने खतरा बढेको छ ।

धनी देशहरुमा सन् २०२१ को शुरुमै भ्याक्सिन प्रयोगमा ल्याउने महत्वाकांक्षी योजना अनुसार काम भइरहेको छ । तर, आर्थिक रुपमा पछाडि परेका देशहरुका लागि भ्याक्सिन यो वर्ष त के सन् २०२१ सम्मको अन्तसम्ममा उपलब्ध हुनेमा शंका व्यक्ति गरिएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले सन् २०२१ को अन्तसम्ममा आर्थिक रुपमा विपन्न देशहरु र मध्यमस्तरका देशहरुका लागि कोभ्याक्स कार्यक्रम अन्र्तगत कोरोना भ्याक्सिनको प्रयोग गर्ने योजना बनाएको छ । त्यसका लागि कम्तिमा दुई अर्ब भ्याक्सिनको डोज आवश्यक पर्ने आँकलन गरिएको छ ।

रुसी भ्याक्सिन प्रतिवर्ष केही करोडमात्र उत्पादन गर्न सक्ने क्षमताको छ । त्यसैले पहिले रुसी जनतामा प्रयोग गर्छ । यसमा महिनौं लाग्ने भएकाले अन्य देशमा पुग्न समय लाग्छ नै । त्यसमाथि नेपालमा आउन झनै समय लाग्छ । नेपालपानाबाट