उदयपुरमा मालपाेत कार्यालयका ६ कर्मचारीसहित १५ जनामा काेराेना सङ्क्रमण – Nagarikabhiyan : National News

उदयपुरमा मालपाेत कार्यालयका ६ कर्मचारीसहित १५ जनामा काेराेना सङ्क्रमण

उदयपुर । उदयपुरमा मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

त्रियुगा नगरपालिकामा आठ जना र बेलका नगरपालिकामा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । बेलका नगरपालिकामा देखिएका सङ्क्रमित सबै समुदायस्तरका हुन् ।

अहिलेसम्म उदयपुरको बेलका नगरपालिकामा ३१ जना, त्रियुगा नगरपालिकामा ५९ जना, कटारी नगरपालिकामा सात जना, चौदण्डीगढी नगरपालिकामा दुई जना, उदयपुरगढी गाउँपालिकामा दुई जना र ताप्ली गाउँपालिकामा तीन गरी एक सय चार जनामा सङ्क्रमण भएको प्रमुख सुवेदीले बताउनुभयो । उज्यालोबाट