झापामा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ – Nagarikabhiyan : National News

झापामा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

झापा । झापामा मोटरसाईकल चोरीमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १ का २१ बर्षिय आशिष सुब्बा, सुर्योदय ८ का २१ बर्षिय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका ३ बिर्ताबजार का २६ बर्षिय रंजित राजवंशी रहेका छन् ।

झापामा मोटरसाईकल चोरीको घटना वृद्धि भए पश्चात ईलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनीहरुको साथबाट चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको मोटरसाइकल सहित पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।