नेपालमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट
२० मंसिर २०७८, सोमबार १३:२३
काठमाडौं । पछिल्लो समय विश्वका दर्जनौं देशमा पुगेको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट नेपालमा पनि फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि यो नयाँ भेरियन्ट फेला परेको पुष्टि गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताए ।
उनका अनुसार संक्रमित मध्ये एक जना ६६ वर्षका छन् । उनको सम्पर्कमा रहेका अर्का एक जनालाई पनि संक्रमण पुष्टि भएको हो ।
हालसम्म ३५ देशमा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । आइतबार मात्रै भारतमा १७ जनामा यो संक्रमण पुष्टि भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया