कोभिड १९ “मानव अधिकारको अबस्था” अनुगमन समिति गठन – Nagarikabhiyan : National News

कोभिड १९ “मानव अधिकारको अबस्था” अनुगमन समिति गठन

सप्तरी ।  कोभिड १९ को सन्दर्भमा “मानव अधिकारको अबस्था” अनुगमन गर्न ५ सदस्यीय जिल्ला स्तरिय मानव अधिकार अबस्था बारे अनुगमन समिति गठन गरिएको छ ।

बिहिवार सप्तरीको राजबिराजमा सम्पन्न बैठकले नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको संयोजकत्वमा कोभिड १९ को सन्दर्भमा “मानव अधिकारको अबस्था” अनुगमन गर्न ५ सदस्यीय जिल्ला स्तरिय मानव अधिकार अबस्था अनुगमन समिति गठन गरिएको हो ।

कोभिड १९ बाट उत्पन्न बर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अबस्था अनुगमन गर्न नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ सम्मिलत ५ सदस्यीय सो अनुगमन समिति गठन गरिएको छ ।

गठित समितिको सदस्यहरूमा सप्तरी जिल्ला अदालत बार एशोसिएसन अध्यक्ष डोमन साह, गैरसरकारी संस्था महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, महिला मानवअधिकारकर्मी आभासेतु सिंह, पत्रकार चन्दनकुमार यादबलाई मनोयन गरिएको जनाइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग कोभिड १९ को सन्दर्भमा मानव अधिकार अबस्था अनुगमन नेटवर्कको कार्य्बिधि अनुसार जिल्लाको मानव अधिकारको अबस्थाको अनुगमन समिति निर्माण गरिएको संयोजक खड्गाले जानकारी दिनुभयो ।

जिल्ला स्तरको समितिले मानव अधिकारको अबस्था अनुगमनका लागि आयोगबाट तयार भएको अनुगमन चेकलिस्ट प्रयोग गर्ने, लकडाउनको अबधिमा भिडियो कन्फ्रेन्स, टेलिफोन वार्ता, स्थलगत अध्ययन तथा अन्य उपलब्ध माध्मवाट सुचना संकलन गर्ने, लगायतका कार्य गर्ने जनाइएको छ ।