देवानगंज गाउँपालिकामा चोरीको घटनामा वृद्धि, सुरक्षा निकाय मौन ! – Nagarikabhiyan : National News

देवानगंज गाउँपालिकामा चोरीको घटनामा वृद्धि, सुरक्षा निकाय मौन !

देवानगंज । सत्यम् सेवम सुरक्षणम् मुल नाराका साथ खटिएका सुरक्षाकर्मीको नजिकैबाट चोरी हुने क्रम बढेकाले सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाका स्थानीयहरु राती जाग्राम बस्न बाध्य भएका छन् । एकपछि अर्को चोरीको घटना बढेकाले स्थानीयहरुमा त्रास बढेकाले राती जाग्राम बस्न बाध्य भएका हुन् ।

रातिको समायमा स्थानियहरुको गाई, भौसी, गोरु, मोटर साइक चोरी हुन थाले पछि स्थानियहरु त्रास पुर्ण राति बिताउन बध्य भएका छन । देवानगंज गाउँपालिकामा केही दिन देखि लगतार स्थानियहरुको गाई बस्तु चोरीको घटनाान वृद्धि भएको स्थानिय धिरज मेहताले बताउनु भयो । केही दिन अगाडी मात्र देवानगंज गाउँपालिका वडा नम्बर १ बाट दुई वटा मोटर साइक चोरी भएको थियो तर चोर भने अहिले सम्म फेला परेको छैन् । बुधवार राति मात्र देवानगंन गुलाइ यादवको भैसीं चोरी भएको छ । यादवको घरको तल्चा फोडेर भैसीं चोरी गरि लगेको स्थानियहरुले बताएका छन् ।

स्थानिय स्तरमा चोरीको घटनामा वृद्धि भए पनि प्रहरी प्रशासन मुख दर्शक बनेको जनमत पार्टीका केन्द्रिय सदस्य भवानी मेहता गुनासो गर्नु भयो । मेहताका अनुसार सुनसरीको देवानगंज गाउँपालिका सस्त्र प्रहरी नेपाल प्रहरी भए पनि आम जनताले यसको प्रत्याभुति गर्न सकेका छैन् ।