हिन्दू राष्ट्र माग गर्दै सुनसरीमा भव्य र्याली हुने ! – Nagarikabhiyan : National News

हिन्दू राष्ट्र माग गर्दै सुनसरीमा भव्य र्याली हुने !

सुनसरी । हिन्दूराष्ट्र पूनःस्थापना माग गर्दै सुनसरीमा शनिबार सम्पन्न हुने मोटरसाइकल र्‍याली भव्यताका साथ सम्पन्न हुने आयोजकहरूको दावी छ ।

उक्त र्‍यालीमा देवानगंज, हरिनगर, भोक्राहानर्सिङ्ग, कोशी, बर्जु, इनरुवा, दुहवी, इटहरी र विराटनगर बाट हजारौ सनातनी हिन्दूहरुको सहभागी हुने बताइएको छ ।

हिन्दू राष्ट्र मूल माग रहेको मंसिर १८ गतेको कार्यक्रममा सुनसरीबाट युवाहरूको उल्लेख्य सहभागिता रहने देखिन्छ । यसका लागि हिन्दू स्वयंसेवक संघ नेपाल, हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान, सनातन धर्म संरक्षण मंच नेपाल लगायत अन्य हिन्दू संगठनहरु औपचारिक तयारी जारी राखेको छ ।

करिब करिब दुई दशक देखि सनातन धर्म माथि निरन्तर भइ रहेको अन्याय, अत्याचार, दमनको विरुद्धमा हिन्दू एकताको संदेश दिनको लागि यहि मिति २०७८ साल मंसिर १८ गते शनिबारको दिन समय ११ बजे सनातन धर्म संरक्षण मञ्च नेपालको आयोजनामा सुनसरी जिल्लाको लौकही देखि इनरूवा, इटहरी, दुहबी बिराटनगर, देवनगञ्ज हुँदै पुनः लौकही मा आई सम्पन्न हुने गरि मोटरसाइकल र्‍याली कार्यक्रमलाई सफल बनाउन हामी लागि परेको आयोजकहरूले बताए ।

हिन्दु राष्ट्रमा आस्था राख्ने संघसंस्था, दल, समूह र स्वतन्त्र व्यक्तिहरू शनिबार सम्पन्न हुने विशाल र्‍यालीमा सहभागी हुने बताइन्छ । उक्त र्‍यालीमा युवालगायत स्थानीय बुद्धिजीवी र स्वतन्त्र नागरिकहरू कार्यक्रम सहभागी हुने अवस्था देखिन्छ ।

यस अघि ‘हिन्दू राष्ट्र कायम गर’ भन्ने नारामा बुटवल, नेपालगंज, जनकपुर, पोखरा, धनगडी, रौतहट नवलपुर, रौतहट, दाङ, सुर्खेत, बर्दिया, हेटौंडा, महेन्द्रनगर र काठमाडौंमा बिभिन्न हिन्दू संगठनहरुले र्यालीहरू सम्पन्न भएको छ । त्यस्ता कार्यक्रममा जनताहरू स्वतःस्फूर्त सहभागी भएको बताइएको छ ।