इटहरीका कोरोना संक्रमित कर्मचारीको कन्ट्याक्ट हिस्ट्री खोज्न ढिलाई भएको नगरबासीको गुनासो
१७ श्रावण २०७७, शनिबार १५:५५
इनरुवा । एक इन्जिनियरमा कारोना देखिएपछि इटहरी उपमहानगरपालिकाका सम्पूर्ण काम बन्द गरे पनि बजार क्षेत्रमा सतर्कता भने अपनाईएको छैन । इटहरीको धेरै भिडभाड हुने कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भए पनि बजारको भिडभाडमा भने सतर्कता अपनाएको देखिदैन ।
कोरोना रोकथाम तथा व्यवस्थापन उच्चस्तरीय समितिको बिहीबार बिहान बसेको बैठकले उपमहानगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर बजारमा चहलपहल देखिरहेको इटहरीका ब्यापारी मुकुन्दराज भट्टराई बताउँनुहन्छ । भिडभाड हुने ठाउँमा स्थानीय सरकारले कडाई गर्नु पर्ने देखियो उहाँले भन्नुभयो ।
कुनै कन्ट्याक्ट हिस्ट्र नभएका ती कर्मचारीमा कोरोना देखिएपछि समुदायमा पुगेको अनुमान गरिएको छ । उपमहानरमा कार्यरत १० कर्मचारीको दुई दिनअघि स्वाब संकलन गरिएकोमा एकजना कर्मचारीमा कोरोना देखिएको थियो ।
इटहरी अस्पतालका स्वास्थ्यकर्मी राम धमलाले कर्मचारी र जनप्रतिनिधिहरुको स्वाब लिने काम धमाधम भईरहेको बताउनुभयो । हामी हिजै मात्र ७८ जनाको स्वाब लिएर परिक्षणको लागि विराटनगर पठाएका छौ धमलाले भन्नुभयो । बाँकीको अहिले पनि स्वाब लिने काम भईरहेको बताउनुभयो । संक्रमित कर्मचारीहरुकोे कोठामा गएर भेट्नेहरुले मैले भेटेको थिए भनेर जाँच गराउँन आए सजिलो हुन्थ्यो धमलाले भन्नुभयो ।
नियमित कार्यालय आउने र बैठकमा समेत सहभागी भएका उनमा कोरोना पोजिटिभ देखिएसँगै उपमहानगरपालिका कार्यालयमा डिस्इन्फेक्टिङ गरिएको छ । संक्रमितको कन्ट्याकमा रहेका व्यक्तिलाई पहिलो प्राथमिकमा पीसीआर परीक्षण गर्ने र बाँकी सम्भावित जोखिमपूर्ण क्षेत्रमा र्यान्डम टेस्ट गर्ने काम भईरहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
कोरोना पोजिटिभ केश देखिन थालेपनि प्रशासनले भने कडिकडाउन गरेको देखिदैन । कडाइ गर्दा जनजीवन अस्तव्यवस्त हुने भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले सजग ने बनाउनुपर्नेमा जोड दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया