अब सूर्यको धाक नदेखाए हुन्छ, ग्रहण लागिसक्यो : नेपाल
९ मंसिर २०७८, बिहीबार १२:०४
काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सूर्यको धाक नलगाउन चेतावनी दिएका छन् । बुधबार नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश तथा धनुषा जिल्ला कार्यालय उद्घाटन गर्दै नेपालले सो कुरा गरेका हुन् ।
सूर्यमा ग्रहण लागिसकेको बताउदै अध्यक्ष नेपालले अब सूर्यको धाक नदेखाउन भनेका छन् । उनले भने – ‘अब सूर्यको धाक नदेखाए हुन्छ, सूर्यमा ग्रहण लागिसकेको छ। अब कलम चम्किरहेको छ। सत्य र न्यायको सन्देश दिइरहेको छ।’
यस्तै अध्यक्ष नेपालले ओली अहिले अत्यन्तै छटपटाइरहेको पनि बताए। उनले सात वटा प्रदेशमध्ये दुई वटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको र संघीय सरकारमा समेत बलियो रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया