भारतमा २४ घण्टामा ६ हजार ९ सय बढी कोरोना संक्रमित थपिए – Nagarikabhiyan : National News

भारतमा २४ घण्टामा ६ हजार ९ सय बढी कोरोना संक्रमित थपिए

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ९९३ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा १२ हजार २०२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृतकको संख्या शून्य छ ।

ओल्डोमिटरको पछिल्लो विवरणले भारतमा संक्रमणदर घट्दो क्रममा रहेको देखाएको छ ।

अहिले त्यहाँ एक ला २० हजार ५७७ जना मात्रै सकृय संक्रमित रहेका छन् ।

कुल संक्रमितको संख्या ३ करोड ४५ लाख ३३ हजार ४७३ पुगेको छ । तीमध्ये ३ करोड ३९ लाख ४६ हजार ७४९ जना निको भइसकेका छन् भने ४ लाख ६६ हजार १४७ जनाको मृत्यु भएको छ ।