शिक्षाको अधिकार सम्बन्धी अन्तरकृया भिडियो र फोटो फिचर सहित
७ मंसिर २०७८, मंगलवार १८:४९
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूह कोशीको आयोजनामा मंसिर ७ गते शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनसरीको कोशी गाउँपालिकामा शिक्षाका सरोकारबालाहरुसंग शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कोशीका शिक्षा शाखा प्रमुख वेदराज अधिकारीले विद्यालयमा भएको स्रोतसाधनको उपयोग गर्दै स्तरीय पठनपाठनमा जोड दिनुभयो । अधिकारीले शिक्षा नागरिकको मानव अधिकार मात्रै नभई मौलिक हक समेत भएकाले सबैलाई शिक्षा दिनुपर्ने र शिक्षाको पहुच सबैकोमा हुनुपर्ने बताउनुहुदै त्यसमा प्रधानाध्यापक र शिक्षकहरुले सहजिकरण गर्नुपर्ने बताउनुभयो । वहाँले विद्यार्थीहरुलाई सहज रुपमा विद्यालय आउने वातावरण बनाउन प्रधानाध्यापक, शिक्षक र अभिभावक बीचमा राम्रो सम्बन्ध र सहकार्यको आवश्यकता समेत औल्याउनुभयो । अधिकारीले अभिभावकलाई सरकारको नीति पुरा गर्न र असल अभिभावकको भुमिका निर्वाह गर्न सबै बालबालिकाहरुलाई विधालयसम्म पठाउन आग्रह गर्नुभयो ।
कोशी माविका प्रधानाध्यापक कन्चन कुमारी यादवले विद्यालयलाई अझै बढी भौतिक व्यवस्थापन गर्न आवश्यक परेको र त्यसमा गाउँपालिकाले ध्यान दिनुपर्ने बताउनुभयो । प्रअ यादवले विद्यालयमा शैक्षिक गुणस्तरका लागि एउटा महत्वपूर्ण पक्ष भौतिक पूर्वाधार पनि भएकाले त्यसमा सरकारी निकायले यथाशिघ्र ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कोशी गाउँपालिका शिक्षा शाखाका सोमराज ढकालले विद्यालयको आवश्यकतामा आधारित रहेको र अनिवार्य हुनुपर्ने विद्यालय व्यवस्थापन समिति नभएको विधालयलाई समिति गठनका लागि आग्रह गर्नुभयो । वहाँले विधालयहरुमा भएको काम र प्रतिवेदनहरु ीनयमित बुझाउन आग्रह गर्नुभयो ।
प्रधानाध्यापक जयकृष्ण देवले शैक्षिक क्षेत्रमा सुधारका लागि शिक्षकहरुको निकासा मासिक रुपमा दिनुपर्ने, खाजा, पुस्तक, मसलन्द सहित नियमित कार्यक्रमहरुको निकासा समयमा दिनुपर्ने, भौतिक निर्माण र घेराबेरामा ध्यान दिनुपर्ने सुझाव राख्नुभयो ।
कोशी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुदेव यादवले शैक्षिक क्षेत्रमा स्थानीय सरकारको विभेदकारी व्यवहार रहेकाले समस्या भएको बताउनुभयो । वहाँले शैक्षिक सुधारका लागि सबै इमान्दार हुपर्ने र विद्यालयका प्रधानाध्यापक,शिक्षक, विधार्थी र अभिभावहरुले एकआपसमा अन्तरकृया छलफलको वतावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा विषेश अथिति तथा हरिनगर गाउँपालिकाका शिक्षा शाखाका अजित कुमार मल्लिक भानुले विद्यालयमा सबैको साथ, सहयोग र सहकार्य गर्न सके मात्रै शैक्षिक गुणस्तर कायम हुने बताउनुभयो । वहाँले देशको कानुन र शिक्षाको बारेमा शिक्षकहरुले अध्ययन गरेर कार्यान्वयन गर्ने निकायलाई दबाव दिनुपर्ने तर अनावश्यक रुपमा आरोपप्रत्यारोप गर्न नहुने सुझाव दिनुभयो ।
मानव अधिकार समूहका सदस्य तथा पत्रकार पन रौनीयारले विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्नका लागि पेशाप्रति इमान्दार भएर कक्षा कोठामा पाठयोजना सहित जानुपर्नेमा जोड दिनुभयो । रौनीयारले विद्यालयहरुमा अनुगमन नियमित गर्नुपर्ने र फटाहि गर्ने विद्यालयका प्रअ वा शिक्षकलाई कार्वाही पनि गर्नुपर्ने सुझाव दिनुभयो ।
नीजि विद्यालय मिथिला पब्लिक स्कूलका प्रिन्सिपल बलराम विक्रम शाहले कक्षाका छात्रछात्रा वा विद्यार्थीहरूलाई पठाउनका लागि आफूमा पनि अनुशासन र विधार्थीमा पनि अनुशासन कायम गर्न पाठयोजना र शैक्षिक सामग्रीको उचित प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । विधार्थीलाई शिक्षा दिनका लागि शिक्षकको पनि तयारी आवश्यक रहेको बताउनुभयो ।
मानव अधिकार समूहका सदस्य राजकुमार शर्माले विद्यालयमा छात्रा विद्यार्थीहरूले पाउनु पर्ने सेनिटरी प्याड उपलब्ध भएको तर कतिपय विद्यालयमा शौचालयको पनि व्यवस्थापन नभएको भन्दै सुधार गर्न आग्रह गर्नुभयो । शर्माले विद्यालय परिसर सुरक्षित राख्न घेराबेराको पनि छिट्टै व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मानव अधिकार समूहका उपाध्यक्ष श्याम खंग, प्रधानाध्यापक जितन शाह, विष्णु पंडित, कैशास झा, सुन्दरकान्त मण्डल, पृथ्वीनारायण राउँत, सन्तोश देव, फनिलाल सदा, सूर्यनारायण साहु, सदान्दन राउँत, जमिल मंसुरी, राजेश कुमार राँउत, जनार्दनज शर्मा, कासिम मियाँ, बेचन यादव, रमेश कुमार यादव, देवनारायण यादव, गाँगानन्द पाठक, रशेम प्रसाद यादव, श्रवण राम, सिंहेश्वर मेहता र भोली प्रसाद यादव सहित ४० सरोकारबालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रम मानव अधिकार समूहका सचिव विष्णुकुमार यादवको अध्यक्षतामा समपन्न भएएको थियो । यादवले समूहलाई अझ बढी शसक्त गराउदै शिक्षा, स्वास्थ्य, खाध्य र आबासका सवालमा काम गर्ने बताउनुभयो ।
१, सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा शिक्षाको अधिकार विषयक अन्तरकृया कार्यक्रमका सरोकारबालाहरु ।
पmोटो ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया