हनुमान आधारण मण्डलको पदभार ग्रहण
७ मंसिर २०७८, मंगलवार १८:३८
सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा श्री हनुमान आराधना मण्डल नेपालको प्रदेश १ समितिका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । प्रदेशका विभिन्न क्षेत्रमा रहेर श्री मनोकामना सिद्ध हनुमान आरधाना मन्दिरमा रामचरण यादवको अध्यक्षतामा नव निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । मंगलबार नव निर्वाचित पदाधिकारीहरुमा संरक्षक रामनारायण पौद्धार, अध्यक्ष रामचरण यादव, उपाध्यक्ष पानोदेवी मंडल, रामस्वरुप राजधामी, कोषाध्यक्ष नेपाली मिस्त्री शर्मा र सचिव सुकदेव मेहता तथा सदस्यहरु तुलसी देवी चौधरी, तेतरीदेवी यादव, सेम्भुदास पासवान, रामदेव दास थारु, सुनितादेवी साह, रामप्रसाद राजधामी र रामलखन मण्डल सहितले पदभार ग्रहण गरेका हुन् । साधुसन्त तथा यसका सरोकारबालाहरुको उपस्थितीमा निर्वाचन समितिका अधिकृत विकु यादवले प्रमाण पत्र वितरण गर्नुहुदै पदभार ग्रहण गराउनुभयो ।

१, सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा श्री हनुमान आराधना मण्डल नेपालको प्रदेश १ समितिका पदाधिकारीहरुले पदभार ग्रहण गराउदै ।
पmोटो ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया