प्रधानमन्त्री शेरबाहदुर देउवा आज देवानगंज आउँदै
५ मंसिर २०७८, आईतवार ०७:०६
देवानगंज । प्रधानमन्त्री शेरबाहदुर देउवा आज सुनसरीकाे देवानगंज गाउँपालिका आउनुहुदै छ । देवानगंज गाउँपालिकाले निमार्ण सम्पन गरेरकाे देवानगंज गाउँपालिकाकाे प्रशासनिक भवनकाे उदघाटन गर्न प्रधानमन्त्री देउवा देवानगंज आउन लागेकाे देवानगंज गाउँपालिका अध्यक्ष लालि प्रसाद मेहताले जानकारी दिनु भयाे ।
प्रम देउवा आज दिनकाे ११ वजे आउने कार्यक्रम रहेकाे गाउँपालिका अध्यक्ष मेहताले जानकारी दिनुभयाे । देवानगंज गाउँपालिकाे भवन उदघाटन भए पछि आजनै देवानगंज गाउँपालिका वडा नम्बर १ निमार्ण भएकाे विपि सालिककाे पनि प्रम देउवाले अनावरण गर्ने कार्यक्रम समेत रहेकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणिा गुरागाँइले जानकारी दिनु भयाे । देवानगंज गाउँपालपकाले कार्यक्रम हुने स्थान देखि गाउँपालिकाे सम्पुर्ण प्रवेश द्ववारहरूमा सजावट गरेकाे छ भने गाउँपालिकाे प्रशासनिक भवनकाे प्राङ्गण बेहुलि झै सिगारिएकाे छ । 
यता प्रधानमन्त्री देेउवा देवानगंज आउने भपछि साे क्षेत्रकाे सुरक्षा व्यवस्था कडा परिएकाे छ । जिल्ला प्रहरी कार्यलाय सुनसरीका प्रवक्ता डिएसपि नगेन्द्र कार्कीका अनुसार अमर्यादित गतिविधिहरू हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा पारिएकाे जानकारी दिनु भयाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया