कोशि गाउँपालिकामा पहिलो पटक कक्षा ११ को पढाई सुरु
२८ कार्तिक २०७८, आईतवार १६:१५
इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा पहिलो पटक कक्षा ११ को पठनपाठन सुरु हुने गरी कक्षाको उद्घाटन गरिएको छ । पहिलो वर्षमा कक्षा ११ मा अध्ययन गर्ने ३६ जना विद्यार्थी भर्ना भएको राष्टिय माध्यमिक विद्यालय कोशी ३ सोभनपुरमा कक्षा ११ को पठनपाठन सुरु हुने गरी कोशीका अध्यक्ष ऐयुव अंसारीले कक्षाको उद्घाटन गर्नुभएको छ । आईतबार एक कार्यक्रम गरेर वीधिवत रुपमा कक्षा ११ को भवन उद्घाटन सहित कक्षा सुभारम्भ गरिएको गरिएको विद्यालयका प्रधानाध्यापक हरिकृष्ण राउँतले जानकारी दिनुभयो ।
पहिलो वर्ष शिक्षा र व्यवस्थापन संकायको पढाई सहित कक्षा ११ को पठनपाठन सुरु गरेको राउँतले बताउनुभयो । राउतका अनुसार विद्यालयमा नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसारको पुस्तक समेत निशुल्कमा वितरण गरेको छ । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङ्कको अध्ययन गर्ने छ त्यसमा नयाँ पाठ्यक्रमअनुुसार नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नु पर्ने पुस्तक वितरण गरिएको राउँतले बताउनुभयो ।
यस विद्यालयमा ऐच्छिक विषय छनोटका लागि विषयगत दुई समूह निर्माण गरिएको छ । विद्यार्थीले शिक्षा र व्यवस्थापन समूहमध्ये आफूले चाहेको विषय छनौट गर्नसक्ने राउँतले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख अथिति तथा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले आफू निर्वाचित भएपछि शिक्षाको विकासका लागि काम गर्ने प्रतिवद्धता अनुसार करारका शिक्षक नियुक्तीदेखी उच्च शिक्षा र प्राविधिक धार समेत संचालन गरेको बताउनुभयो । वहाँले शोभनपुर माविमा प्राविधिकधारको सिभिल इन्जिनियरिगं र अहिले कक्षा ११ र १२ पढ्नका लागि ११ कक्षाको उद्घाटन गरिएको बताउनुभयो । वहाँले साविक चार गाविस हालको कोशीका ८ वटै वटामा शिक्षाको अवस्था कम्जोर भएकाले त्यसमा सुधार गर्दै प्राविधिकधार सहित पहिलो पटक कक्षा ११ र १२ को पठनपाठन हुने गरि कक्षा संचालन गरेको बताउनुभयो । उद्घाटन कार्यक्रममा कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, कोशी ३ का वडा अध्यक्ष सुलेमान मंसुरी, शिक्षा शाखा प्रमुख वेदराज अधिकारी, वडा सदस्यहरु र शिक्षक तथा प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।






फेसबुकबाट तपाईको प्रतिक्रिया