काग्रेंसका तजमुल मंसुरी सहित सवाँ पाँच सय माओवादीमा प्रवेश
२७ कार्तिक २०७८, शनिबार १८:११
सुनसरीको कोशी गाउँपालिकामा नेपाली काग्रेंस र जनता समाजवादी पार्टीसहित विभिन्न पार्टी त्यागेर पाँच सय २५ जनाभन्दा बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश परेका छन । लामो समयदेखि राजनीतिक आन्दोलनमा आवद्ध रहनुभएका नेपाली काग्रेंसका स्थानीय नेता तजमुल मंसुरी, पत्रकार समेत रहेका युवा नेता सज्जाद मंसुरीसहित पाँच सय २५ बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्र स्थायी कमिटि सदस्य तथा पूर्व मन्त्री मातृका प्रसाद यादवले नवप्रवेशी नेता कार्यकर्ताहरु पार्टीमा स्वागत गर्नुभयो । उहाँहरु कोशी माओवादी केन्द्रका अध्यक्ष अरुण कुमार मण्डल, इन्चार्ज मनटुन यादव र जिल्ला अध्यक्ष योगेन्द्र मण्डल पप्पुको पहलमा पार्टीमा प्रवेश गर्नुएको हो । कोशी गाउँपालिका ८ भाण्टाबारीमा मात्रै एकैदिनमा विभिन्न तहका विभिन्न पार्टी परित्याग गरी एकसाथ ५ सय २५ जना नेता, कार्यकर्ता, युवा र महिलाहरु मओवादी पार्टीमा प्रवेश गरेको पहिलो कार्यक्रम भएको नवप्रवेशी सज्जाद आलमले जानकारी दिनुभयो । नवप्रवेशीहरुलाई प्रमुख अथिति समेत रहनुभएका यादवले टिका, माला तथा खादाँ लगाएर स्वागत गर्नुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरीले माओवादीका कारणले देशमा संविधान, संघीयता र धर्मनिरपेक्षता आएकाले यो पार्टी जनताको पार्टी भएको बताउनुभयो । वहाँले अव आउने स्थानीय तहको निर्वाचनमा माओवादीले कोशी सहित देशभरका पाकिलामा विजय हासिल गर्ने दावी गर्नुभयो । कार्यक्रममा पार्टी सुनसरीका नेता तथा प्रदेश सदस्य मुकेश मुस्कसाहाग, पूर्व सभासद सन्तोश थारु(विश्व) , इनरुवा नगर संयोजक रमेश घट्टराई, नेतृ सपना परियार, अधिवत्ता पञ्चनारायण मण्डल, जिल्ला संयोजक योगेन्द्र मण्डल पप्पु लगायतको उपस्थिति रहेको थियो । ञकार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका यादवले नवप्रवेशीहरूलाई उचित स्थान दिने बताउनु भयो । त्यसैगरी आफू मन्त्री भएपछि कोशीको बाढी पीडित र बन मन्त्री हुदा समेत वडादेखि देशसम्मको हितको काम गरेकाले नागरिकको पार्टी प्रतिको क्रेज बढेको बताउनुभयो । यादवले जनताको भरोसाको पार्टी नेकपा माओवादी केन्द्र भएको समेत बताउनुभयो । कोशी गाउपलिकाबाट जितेर स्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधान सहित परराष्ट्र मन्त्री भएपनि कोशी गाउपलिकामा केही पनि बिकास नगरेको आरोप लगाउनुभयो । कार्यक्रममा नवप्रवेसीहरु मध्ये तजमुल मंसुरीले विभिन्न पार्टीमा चाकरी, व्यक्तिवादी र पैशाबालको मात्रै काम भएको देखेर आफू माओवादीबाहेक अरुको विकल्प नदेखेर पार्टी प्रवेश गरेको बताउनुभयो । वहाँले देशको हित र जनताको पक्षमा काम गर्न नसक्ने पार्टी रोजेको बताउनुभयो । स्थानीय तहमा काग्रेंसको नेतृत्व भएपनि जनता र कोशी प्रभावितको पक्षमा काम नगरेकाले पनि नागरिकमा असन्तुष्टि बढेको मंसुरीले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया