कालिगण्डकी नदिमा बेपत्ता युवकको गोताखोर मार्फत खोजी जारी
१९ कार्तिक २०७८, शुक्रबार २१:२१
गुल्मी । गुल्मीमा कालिगण्डकी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको शसस्त्र प्रहरी वल गुल्म गुल्मीले गोताखोर मार्फत खोजी कार्य जारी राखेको छ । गत कात्तिक १४ गते जिल्लाको चन्द्रको गाउँपालिका वडानम्बर–८ रुपाकोट बस्ने १९ वर्षका शंकर पौडेल नदिमा डुबेर बेपत्ता भएका थिए।
सत्यवति गाउँपालिका वडानम्बर–१ रुद्रावेनीमा मलामी गएको बेला कालिगण्डकी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको स्थनीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी फेला पार्न नसकेपछि सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको हो । गोताखोर मार्फत खोजी कार्य गरिएपनि फेला पार्न नसकिएको सशस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक अशोककुमार लम्सालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया