रामप्रसादराई गाउँपालिकाले फिल्डमै कृषि सम्बन्धी प्राविधिक सेवा उपल्बध गराउन थाले
११ कार्तिक २०७८, बिहीबार १९:१८
भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिकाले फिल्डमै खटि कृषि सम्बन्धी प्राविधिक सेवा उपल्बध गराउन थालेको छ । कृषिको सार्वजनिक सेवालाई प्रभावकारी बनाउने उदेश्यले फिल्डमै खटि कृषि सम्बन्धी प्राविधिक सेवा उपल्बध गराउन थालेको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहताले यस गाउँपालिकाका अधिकाश नागरिक कृषि पेशामा संलग्न रहेकोले प्रत्येक वडामा कृषकहरुले कृषि बाली लगाएको ठाउँसम्म नै पुगेर प्राविधिक सहयोग उपल्बध गराई कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि पर्नुपर्ने भएकाले फिल्डमा नै प्राविधिक कर्मचारी पठाएको बताउनुभएको छ । मेहताले कार्तिक ८ गते सूचना नै जारी गरेर कर्मचारीहरुलाई कार्यक्षेत्र र जिम्मोबारी तोकि खटाइएको पनि जानकारी दिनुभयो । वडा कार्यालय, कृषि विकास शाखा र कृषि प्राविधिकहरुलाई किसानलाई सिधै सम्र्पक गर्न समेत आग्रह गरेको मेहताले बताउनुभयो । यस क्षेत्रमा रहेका किसानहरुलाई साहजताका लागि वडा नम्बर १ देखी ४ सम्मका लागि नायव प्राविधिक सहायक सरिता तामागं, ५ देखी ८ नम्बर वडासम्मका लागि नायव प्राविधिक सहायक सुमन श्रेष्ठ र कृषिका लक्ष्मी प्रधानलाई जिम्मा दिएको जनाएको छ । अधिकृत मेहताका अनुसार सबै वडाका किसानलाई सहजीकरण र परामर्श समेत दिने गरी कार्य विभाजन गरेर जिम्मेबारी तोकि फिल्डमा पठाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया