बढी पीडित भोकभोकै , घरमा क्षती भएकाले सर्प आतंक
८ कार्तिक २०७८, सोमबार १८:५२
सुनसरीको गढी गाउँपालिका वडा नम्वर ५ सतैरझोराका अविरल वर्षाका कारण गएको बाढीले सुकुम्बासी बस्तिका २४ परिवार भोकभोकै बसेको गुनासो गरेका छन् । स्थानीय महेन्द्र ऋषिदेवका अनुसार वडाअध्यक्ष सुगना झगडले पाँच दिन खाध्यानको व्यवस्था गरेको र स्थानीय विद्यालयमा राखेपनि सोमबार विहानैबाट हटाएकाले भोकभोकै बस्न बाध्य भएको हो । सरकारले अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी घर भत्केकाका परिवारलाई तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको समाचार एकातिर आएको अर्को तिर आफूहरुलाई खाधयानको समेत व्यवस्था नगरि अन्यायमा पारेको स्थानीय सान्ती सदाले गुनासो गर्नुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको गत बुधबार बसेको बैठकले सो निर्णय गरेको थियो । तर सुनसरीमा घर भत्केका परिवारलाई खुल्ला आकाशमुभी भोकभोकै बस्न बाध्य बनाएको सदाको गुनासो छ ।

सुधिर सदाका अनुसार अहिलेसम्म वडाको मुसहर बस्तीमा मात्रै २० घर भत्केको छ । घर भत्केको र बाढी प्रभावित भएको क्षेत्रमा दैनिक सर्पको आगंक बढेको स्थानीयहरुले गुनासो गरेका छन् । सुनसरीमा बाढीको कारणले ११ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया