सुनसरीमा अविरल वर्षाका कारणले एक हजार १२५ परिवार विस्वापित, एक जनाको डुबेर मृत्यु, विधुत र नेट पनि अवरुद्ध – Nagarikabhiyan : National News

सुनसरीमा अविरल वर्षाका कारणले एक हजार १२५ परिवार विस्वापित, एक जनाको डुबेर मृत्यु, विधुत र नेट पनि अवरुद्ध

सुनसरीमा तीनदिनदेखीको अविरल वर्षाका कारणले एक हजार १२५ परिवार विस्वापित भएको छ । वर्षाको पानीले घर बस्ती डुबान भएपछि एक हजार १२५ परिवार विस्वापित भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । प्रजिअ यादवका अनुसार जिल्ला सदरमुकाम इनरुवा ३ र ४ का ५० परिवार सहित विभिन्न पालिकामा गरि एक हजार १२५ परिवार विस्वापित भएको हो । विस्थापित भएकाहरुलाई इनरुवाको सत्यनारायण मन्दिर, भोक्राहा नरसिंहको जनता माध्यमिक विद्यालय र शारदा मावि ढोक, देवानगञ्जको मध्यहर्षाही विद्यालयमा राखिएको र उनीहरुलाई स्थानीय पालिकाहरुले खाध्यनाको व्यवस्था मिलाएको यादवले बताउनुभयो । यादवले जिल्लाको सबै नदि खोलामा बाढी आएको र पानीको सतह बस्तीसम्म पुगेकोले सडक बाटोमा समेत आवतजावत गर्न समस्या भएको जानकारी दिनुभयो । यता आइतबार रातीदेखिको अविरल बर्षासंगै ढुबान र नदिखोलामा बाढी आएकाले पूर्व पश्चिम रागमार्गको लौकही इनरुवा खण्डको भोक्राहामा दिनभर बाटो अवरुद्ध भएको छ । इनरुवा लौकही सडकखण्डमा सडकमै तीन फिटसम्म पानी बगेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुमार कार्कीले भोक्राहा नरसिंह गाउपालिका ५ जनता चौकमा सडक माथिबाट पानी बग्न थालेकाले विहानैदेखी दिउसोसम्म सडक अवरुद्ध भएको जनाकारी दिनुभयो ।
कार्कीका अनुसार सडक कटान गर्न थालेकाले सडकमा एकतर्फी सवारी चल्न दिएको छ । प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार सडक अवरोध खुलाउन र डुबानमा परेकाहरुलाई उद्धार गर्ने कार्य जारी रहेको छ । जिल्लाको रामधुनी, बराहक्षेत्र, कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज , वर्जु , गढी र दुहवी लगायतका क्षेत्रमा पानीले ढुवान भएको कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरी बाढीका कारण गढी गाउपालिकाको १ नम्वर वडाका करिव २० घर,त्यस्तै गढी ५ सतैरझोराका ५० घर, भोक्राहा भन्दा बढी घर डुवानमा परेको प्रहरीले जनाएको छ । त्यसैगरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिकामा मात्रै एक हजार बढी परिवार विस्थापित भएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुनम मेहताले जानकारी दिनुभयो । मेहताका अनुसार भोक्राहा नरसिंह गाउपालिकाको १, १, ४ , ५ र ७ नरम्बर वडामा मात्रै एक हजार बढी परिवार डुवानमा परेका छन् । भोक्राहा नरसिंह गाउपालिका ७ मा डुबानमा परेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षिय कलर मण्डल रहेको मेहताले जानकारी दिनुभयो । विस्थापित भएका परिवार र तीनका सदस्यहरुलाई राहत स्वरुप खाध्यान वितरण गरेको छ । भोक्राहा नरसिंह गाउपालिकाका विस्थापितहरुलाई दुई हजार पाँचय प्याकेट भुजा, चुरा, भुजिया र च्याउच्याउ वितरण गरेको कावा अध्यक्ष मेहताले जानकारी दिनुभयो । बाढीमा फसेकाहरुलाई सशस्त्र प्रहरीको रबर बोट प्रयोग गरी उद्धार गरिएको छ । दुहवी ४ का तीन परिवारको घर बुढी कोलाले बगाएर विस्थावित भएको वडा अध्यक्ष राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी बर्षासँगै बाढीले इटहरी २० तरहराको पानीपिया क्षेत्र डुबानमा परेको छ । त्यस क्षेत्रका बाढीमा फसेका ६ घरका करीब १५ जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ । लगातारको बर्षाका कारणले इटहरीका आधा बढी वडाहरु डुबानमा परेको प्रहरीले जनाएको छ । डुवानमा परेका घरहरुमा फसेकाहरुको उद्धार कार्य भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो । त्यसैगरी अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा निर्माणाधीन अवस्थामा रहेको ४०० केभी र २२०÷१३२÷३३ केभी इनरुवा शबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ । आगामी पुस भित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज) लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो । बाढीले सबस्टेसनको कम्पाउण्डवाल बगाएको प्रहरीले जनाएको छ । जडानका लागि राखिएका उपकरणहरु डुबेका छन् । बाढीले केही उपकरणहरु बगाएको र कार्यालय भवन समेत डुबानमा परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ४०० केभी र २२०÷१३२÷३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । शब स्टेशन डुवानमा परेका कारणले ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकर जस्ता मुख्य उपकरणहरुमा क्षति भएको छ । लगातारको बर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाको बिभिन्न स्थानको बिद्युत सेवा अवरुद्ध भएको छ भने इन्टनेट सेवा समेत तीन दिनदेखी अवरुद्ध भएको छ । सुनसरीको दुहबीमा रहेको नेपाल विद्युत प्रधिकरण दुहबी ग्रीडमा पानी पसेका कारणले विद्युत अवरुद्ध भएको छ । यता सुनसरीको धरान उपमहानगरपालिका १३ नागेश्वर मार्गमा पहिरोमा पुरिएर मङगलबार मात्रै दुई बालबालिकाको मृत्यु भएको थियो ।