हिरासत भित्रको मृत्यु र शर्माको घरमा भएको आगजनीको घटनाको छानविन र दोषीलाई कार्वाहीको माग गर्दै ज्ञापन पत्र बुझाईयो
१ कार्तिक २०७८, सोमबार १७:३१
मुस्लिम मुक्ति मोर्चा नेपाल सुनसरीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी केन्द्रको भातृ संस्था मोर्चाले असोज २४ गते जिल्ला प्रहरी कार्यालय इनरुवाको हिरासत भित्र भोक्राहा नरसिंह ५ का मोहमद हकिम साँको मृत्यु र इनरुवा ९ का विष्णु शर्माको घरमा भएको आगजनीको घटनाको छानविन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने र घटनाको यर्थात सार्वजनिक गर्दै दोषीलाई कार्वाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । सोमबार सुनसरीका प्रमुख जिल्ला अधकिारी इन्द्रदेव यादव मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पढाएको मोर्चाका हैदर अलिले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझाउने क्रममा पूर्व राज्य मन्त्री मो. जाकिर हुसैन सहितका दुई दजर्न नेताहरुको उपस्थिती रहेको थियो । प्रजिअ यादवले ज्ञापन पत्र जस्ताको त्यस्तै प्रधानमन्त्री कार्यालयमा फर्वाट गरेको प्रतिकृया दिनुभयो । मुस्लिम मुक्ति मोर्चा प्रदेश नं. १ले सुनसरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु घटनाको सत्य तथ्य र निष्पक्ष छानविन हुनु पर्ने तथा पिडित पक्षलाई क्षतिपुर्तिको मागँ राख्दै प्रधानमन्त्रि शेरबहादुर देउवालाई जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत ज्ञापन पत्र बुझाएका छन् ।
मुक्ति मोर्चा नेपाल प्रदेश १ का इन्चार्ज तथा पुर्व राज्यमन्त्री मोहम्मद जाकिर हुसैन, प्रदेश संयोजक हैदर अली, प्रदेश सचिव मोहम्मद जहाँगिर (सद्दाम हुसैन) को संयुक्त हस्ताक्षर सहितका ज्ञापनपत्रमा निष्पक्ष छानबिन हुनुपर्ने, रानी शर्मालाई अविलम्ब सुरक्षित सेल्टरमा राख्नुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति तुरुन्त उपलब्ध गराउनुपर्ने लगायतका ७ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा उल्लेख मागहरु क्रमश ः घटनाको वैज्ञानिक छानबिन र अनुसन्धानको लागि गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले ठोस अनुसन्धान गरोस् । दोषी पत्ता लगाएर दोष अनुसार कानूनी कारवाहीको सिफारिश गरोस्, केटी रानी शर्मा, उनका परिवारका सदस्य, केटाका परिवारका सदस्य र उनीहरुबीच रहेको सम्बन्धको बारेमा पहिलेदेखि जानकार रहेका मानिसहरुलाई झिकाई अनुसन्धान गरियोस् । हिरासतमा तौलिया र गम्छी कहाँबाट आयो ? कति उचाइमा झुण्डिएको छ ? कति दुरीमा अन्य अभियुक्तहरु सुतेका छन् ? मृतकको घाँटीमा भएको घाउ डोरी वा तारको हुनसक्ने देखिन्छ जबकि उनी तौलियामा पासो लागेको देखिन्छ । सीसी फुटेज पनि अधुरो छ भन्ने कुरा सुनिएको छ । पूरा फुटेजलाई अनुसन्धामा ल्याइयोस् । ,जिप्रकाका प्रहरी प्रमुख लगायत त्यसबेला ड्युटीमा रहेका प्रहरीहरुलाई अनुसन्धान अबधिभर निलम्बन गरिनुपर्छ । छानबिन र अनुसन्धानलाई निस्प्रभावित तुल्याउनुपर्छ । लगायतका मागहरु रहेका छन् ।

यसैबीच हिन्दु स्वयमसेवक संघले समेत प्रशासनमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा उल्लेख भएअनुसार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ का २५ वर्षिय मोहमद हकिम साहको जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाको हिरासतमा भएको मृत्यु र त्यसपछिको घटनाले उत्पन्न घटनाक्रम प्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
आत्महत्याको घटनाको बारेमा न्यायिक छानविन र दोषिलाई कार्वाही गर्नुपर्ने कानुनि उपचार र बाटो हुदाहुदंै उत्रेको उग्र आन्दोलनले सृजना भएको घटनाक्रम प्रति हामी स्तधः भएको भन्दै हिरासत भित्रको आत्महत्या वा मृत्युकाृ छानविन गर्नुपर्नेमा आन्दोलनको नाममा इनरुवा ९ का विष्णु शर्माको घरमा भएको आगजनीको घटनाको छानविन र दोषीलाई कार्वाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा राज्यको प्रहरी हिरासतमा रहेको व्यक्तिले आत्महत्या गर्नु र सुरक्षा दिन नसक्नु प्रहरीको विषय भएको र त्यसको पनि कानुनी बाटोहरु प्रस्सत हुदाहुदै अराजकशैलीमा प्रहरी प्रती नै ढुगामुडा, महिला प्रहरी माथी आक्रमण र अभन्द्र व्यवहार, प्रहरी कार्यालयको भौतिक संरचनामा क्षती गर्नु एउटा कानुनी राज्यको उपहास भएको महसुस गराएको उल्लेख गरिएको छ । यती मात्रै होईन प्रहरीलाई नै आतंककारी जस्तो व्यवहार गरिएको नेपालको इतिहासमै पहिलो घटना हो भन्ने भान संचारमाध्यमा आएकोे दृष्यहरुले देखाएको छ । यसले राष्टिय चुनौती पनि बढाएको छ त्यसैले दोषिहरुलाई कार्वाहीको दायरमा ल्याउन जोडदार माग गर्दछौं । यसका साथै हिरासतमा भएको आत्महत्याको घटनामा सुरक्षा निकायसंग माग राख्नुपर्नेमा इनरुवा ९ का विष्णु शर्माको घरमा भएको आतंककारीशैलीको आक्रमण र उसको सिसिटिभिलाई बेल्चा लिएर फोडेको, त्यसपछि घरमा पेट्रोल छर्केर आगो लगाएको, घरमा ताला फोडेर सरसमान लुटेको र धर्मको आस्थाको केन्द्र पुजा कोठामा मुस्लमान युवाहरुले मुर्ती, पीढि तोडफोड सहित देउता कोठामा पिसाव समेत फेरेका लागि नागरिकको स्वतन्त्रताको हक, स्वतन्त्र पूर्व बाँच्ने हक र व्यपार गर्ने अधिकारबाट बन्चीत गर्ने गरि अमानविय कार्य गरेकाले पीडित बनेका शर्मालाई न्यायको लागि दोषीलाई काडाभन्दा कडा कार्वाही र क्षतीपुर्ती तथा शान्ती सुरक्षा सहित पुनरस्थापा गर्न सरकारले पहल गर्नुपर्ने जरुरी रहेको माग अघि सारेको छ । अहिलेको घटनाक्रमको एकसतालाई हेर्दा जातिय र धार्मिक रंग दिनका लागि मुस्लिमहरु उद्धत देखिएकाले तस्बीरहरु र भिडियोमा देखिएको दृष्यको सुक्ष्म अन्ययन गरि सबै दोषीहरुलाई पहिचानज गरि कडाभन्दा कडा कार्वाहीको लागि हार्दिक अपिल गर्दै सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम गर्नको लागि आग्रह गर्दछौं विज्ञप्तीमा भनिएको छ ।
घटना र परिघटनाको सुक्ष्म अध्ययन, अनुसन्धान, दोषि पहिचान र छानवीन गरि यथार्थ सार्वजनिक गर्दै कार्वाही गरी कानुनी राज्यको अनुभुती गराउन पनि जोडदार माग गरेको छ । दोषीलाई कार्वाहीका लागि अपिल गर्दै कार्वाही गर्न ढिलाई भए सम्पूर्ण युवाहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतवानी दिदैं र त्यसबाट उत्पन्न हुने क्षतीको सम्र्पूर्ण जिम्मा राज्यले लिनुपर्ने भनिएको छ । त्यसैगरी सनातन धर्म संस्कृति समाजले समेत हिरासत भित्रको मृत्यु र शर्माको घरमा भएको आगजनीको घटनाको विषयमा स्वतन्त्र र उच्चस्तरीय छानविन समिति बनाई दोषीलाई कार्वाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको सचिव राजेश यादवले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया