सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प
१ कार्तिक २०७८, सोमबार १५:१९
काठमाडौं । सिन्धुपाल्चोकमा सोमबार १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको फाङफुङ केन्द्र भएर १० मिनेटको फरकमा दुई भूकम्पक गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा ४.७ म्याग्निच्युडको दुई भुकम्प गएको हो ।
४.७ रेक्टर स्केलको उक्त भुकम्पको धक्का राजधानी काठमाडौं लगायत आसपासमा महसुस भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया