सशस्त्र प्रहरीकाे सुरक्षामा देवानगंजमा आरकेस्ट्रा संचालन !
३१ आश्विन २०७८, आईतवार २१:४५
देवानगंज । सुनसरीकाे देवानगंज गाउँपालिका वडा नम्बर १ मा सशस्त्र प्रहरीकै सुरक्षामा आरकेस्ट्रा संचालन भइरहेकाे स्थानियहरूले जनाएका छन् । प्रहरी प्रशासनकै मिलाेमताेमा भाेजपुरी गितहरूमा केटी नचाउनुलाई सुनसरी प्रशासनकाे गैर जिमेेवारी प्रष्ट भएकाे छ ।
सशस्त्र प्रहरी बल बिक्रमपुरका प्रमुख संताेष सुवेदी संग यसै बिषायमा बुझन खाेजँदा आफुलाई वडा कार्यालयले पत्र पाठाएकाेले आफू सुरक्षा गर्न पाठाएकाे प्रतिकृया दिनु भयाे ।
यता सशस्त्र प्रहरीका प्रमुख एसपि माधव प्रसादका अनुसार कुनै सुरक्षा दिन कसैले हामी लाई अधिकारीक जानकारी नदिएकाे प्रतिकृया दिनु भयाे तर दुई जनाकाे प्रतिकृया सुन्दा प्रहरी प्रशासन कतिकाे गैर जिम्मेवार छ भने प्रष्ट हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया