सुनसरीमा प्रशासनकै रोहबरमा भिडभाड, अश्लिलतालाई बढवा दिएको स्थानीयको गुनासो !
३१ आश्विन २०७८, आईतवार १८:२९
देवानगंज । सुनसरीको विभिन्न स्थानमा दशैको नाममा लगोको मेला र मनोरज्नका कार्यक्रममा अशलिलतालाई बढ्वा दिएको स्थानीयहरुले गुनासो गरेका छन् । भोजपुरी गीत नाचको नाममा सामाजिक बिकृती फैलाउने र बालबालिका तथा महिलालाई प्रत्यक्ष असर पार्ने काम गरेकाले त्यसमा सुधार गर्न माग गरेका छन् ।
सुनसरी सदरमुकाम इनरुवा सहित दक्षिवर्ती गाउँपालिकाहरु हरिनगर, देवानगञ्ज, बर्जु लगायतका ठाउँमा मेलाको नाममा भिडभाड र असलिल भोजपुरी गितमा गरिएको नाचले गाउँ समाजलाई लज्जि बनाएको साहेवनगंजका मन्टु यादवले बताउनुभयो ।
सुनसरी प्रशासनको गैरजिमेवारीपनले सुनसरीमा यस्ता उछृखल गीत नाच र गतिबिधि बढेको यादवको गुनासो छ । कोरोना माहामारी पूर्ण रुपमा नसकिए पनि गाउँघरमा अलिले मेला जबरजस्ती लगाएको र त्यसको नाममा थप असलिलता बढाएकोले महिला अधिकारकर्मीहरु दुखित भएका छन्
।
जिल्लाका जिमेवार जनप्रतिधिहरु नै यस्ता कार्यक्रमलाई बढावा दिएको देखिएको एक महिलाले रात भर सुत्न नपाउने गरी साउण्ड सुन्नुपरेको र गीत भनिएपनि महिलालाई गाली गरेको महसुस भएको गुनासो नागरिक अभियानसंग गरिन । सुनसरीको क्षेत्र नम्बर २ का संघीय संसाद सिताराम मेहता, प्रदेश सभा संसाद राजिव कोइराला, क्षेत्र प्रतिनिधि श्यमलाल मेहता लगायतको उपस्थिमा देवानगञ्ज गाउँपालिकामा कुस्ती खेलको उदघाटन गरिको र सोही स्थानमा राती केटी नचाउने गरेको स्थानयहरुले बताएका छन् । ।
यता देवानगंज गाउँपालिकाका केही यूवाहरुले देवानगंज वडा नम्बर १ मा आयोजना गरिएको आरकेस्ट्रा नगर्न सुझाव दिए पनि स्थानिय र आफुलाई बिद्धवान भन रुचाउनेहरु जसरी पनि कार्यक्रम गरेरै छडने बताए ।
यता प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाको कुनै पनि मेला , महोत्सव र सांस्कृति कार्यक्रम गर्नका लागि अनुमती नदिएको प्रतिकृया दिनुभएको छ । यादवले यस्तो प्रतिकृया दिएपनि एउटा मेलामा आफै अथितिको रुपमा सहभागी भएको दृष्य नागरिक अभियानलाई प्राप्त भएको छ ।
दलका प्रतिनिधिहरु त भोटका लागि अघि सरेको होला तर सुनसरीमा हालै आउनुभएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समेत कुस्ती कार्यक्रम र मेला उद्घाटन कार्यक्रममा उपस्थित रहेको तस्विर प्राप्त भएको छ । यसले पनि प्रष्ट हुन्छ कि सुनसरीमा प्रशासनकै रोहबरमा भिडभाड गराईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया