हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको देवानगंज गाउँपालिका स्तरीय समिति गठन – Nagarikabhiyan : National News

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको देवानगंज गाउँपालिका स्तरीय समिति गठन

देवानगंज । व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्नका लागि हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको देवानगंज गाउँपालिका स्तरीय समिति गठन भएको छ।

देवानगंज गाउँपालिका मा रहेको श्री कृष्ण मन्दिर परिसरमा बसेको बैठक बाट प्रशान्त भगतको संयोजकत्वमा समिति गठन भएको हो। त्यसै गरि सह(संयोजक गोपाल गुप्ता लगायत १७ सदस्य समिति गठन भएको हो।

उक्त कार्यक्रममा वक्ताहरू आफ्ना विचार राख्दै नेपाल लाई पुनः हिन्दूराष्ट्र बनाउनु पर्ने मा जोड दिए। नितान्त सांस्कृतिक अभियानका रूपमा अघि बढ्ने भन्दै यसका अभियन्ताले उल्लेख गरेका छन्— हिन्दू राष्ट्रको हाम्रो धारणा सांस्कृतिक हो। हिन्दुत्व नै नेपालको सांस्कृतिक पहिचान हो। नेपालमा अत्यन्त प्राचीन कालदेखि चलिआएको एउटा विशेष प्रकारको ‘राष्ट्र जीवन’ छ।

भिन्न–भिन्न सम्प्रदाय, भाषा र प्राकृतिक संरचनामा आधारित लवाई–खवाईका कारण विविधता देखिए पनि धार्मिक–सांस्कृतिक रूपमा ‘एकता’ यहाँको जीवनशैलीको परिचय हो। यसमा सबैको आदर्श समान छन्, राष्ट्रको उन्नतिका लागि आकांक्षा, अनुभूतिहरु, शत्रु–मित्र, विश्वास र परम्परामा समानता रहिआएको छ। यसै राष्ट्र जीवनको नाम ‘हिन्दू राष्ट्र’ हो।

हिन्दू राष्ट्रमा कुनै पनि संस्कृति लुप्त भएको छैन। सबै संस्कृतिहरूको संरक्षणको ग्यारेन्टी ९सुनिश्चितता० हिन्दू राष्ट्र हो।

स्थानिय बिनोद मेहता को आयोजना मा गरिएको कार्यक्रममा मा हिन्दू स्वयंसेवक संघ नेपाल देवानगंज गाउँपालिका का कार्यवाह नन्दकिशोर मेहता, हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियान प्रदेश नं १ बिराटनगर भाग पुर्णकालिक कार्यकर्ता रामेश्वर यादव लगायतले हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियान, बारे प्रकाश पारेका थिए।