इनरुवाको बसपार्क मनोरञ्जल स्थल बन्दै, नेतृत्वको अनइच्छाले संचालनमा आउन सकेन – Nagarikabhiyan : National News

इनरुवाको बसपार्क मनोरञ्जल स्थल बन्दै, नेतृत्वको अनइच्छाले संचालनमा आउन सकेन

इनरुवा । सुनसरी जिल्लाको पुरानो नगरपालिका इनरुवा हो । भने सुनसरी जिल्लाको सदरमुकाम पनि हो । तर नयां नगरहरुले इनरुवा भन्दा व्यवस्थीत हुदै गर्दा इनरुवाले कीन फडको मार्न सकेन ? यसको जिम्मेवार को हो ? भन्ने प्रश्न उठन सक्छ । इनरुवालाई धेरै मानिसहरुले विभिन्न रुपमा उपयोग गरे तर इनरुवाको विकास र आर्कषणका लागी काम गरेन । जसले गर्दा इनरुवाले तुलनात्मक फडको मार्न नसकेको धेरैको बुझाई छ ।

इनरुवा पुरानो शहर भएपनि यहां व्यवस्थित शैक्षिक संस्था र शैक्षिक संस्थाको पूर्वाधारका साथै गुणस्तरियता समेतको कारणले इनरुवा र सेरोफेरोबाट करिव २ हजार विधार्थीहरु अन्य इटहरी, विराटनगर लगायतको शहरमा पठनका लागी धाउने गरेको बाध्यता छ । इनरुवाका नेतृत्व सगैं धेरै मानिसहरु यस विषयमा ज्ञात रहेतापनि बैकल्पिक व्यवस्थाको सुरुवात समेत हुन सकेको छैन ।

इनरुवाको स्वास्थ्य सेवाको अवस्था समेत कमजोर छ । इनरुवामा रहेको इनरुवा अस्पताल पनि रेफरल सेन्टरको रुपमा स्थापित हुदै गएको छ । अहिले त झन बिमा सुविधाको लागी रेफर पत्र लिनेको भिड नै हुने गरेको छ । अस्पताल व्यवस्थापनको लागी विभिन्न पक्षले दबाब सृजना गरिरदा समेत अस्पताल व्यवस्थापन मुखदर्शक बनेको छ । अस्पतालको सेवालाई प्रभावकारी र गुणस्तरिय बनाउने तिर आवश्यक पहल हुन सकिरहेको छैन भने अनावश्यक रुपमा कर्मचारीमा आफन्त भर्ना गर्ने थलो बनेको छ ।

इनरुवाको पहिचानको लागी इनरुवा बजार इनारको प्रतिमा बनाइएको छ भने केहि वडाको केहि सडकामा सडक बत्ति र फूल लगाउने काम गरिएको छ । जुन प्रयाप्त छैन । इनरुवाको अधिकांश वडाको समस्यालाई सम्बोधन गर्ने ठोस योजना ल्याएको देखिदैन । पंहुच र प्रभावको भरमा विकासको काम हुदै आएको छ भने खर्च हुदै आएको बजेट अनुसारको नतिजा देखिएको छैन । जसले गर्दा इनरुवा नगरपालिका भित्र र कार्यक्रमहरुमा भ्रष्टाचार मौलाएको नगरबासीको आरोप छ । नगरपालिको बजेट , कार्यक्रम र खर्च गोप्य राख्दा समेत यो आरोप बढदै गएको छ ।

नेतृत्वको अनइच्छाले इनरुवाको बसपार्क  संचालनमा आउन सकेन, बसपार्क बन्दै मनोरञ्जल स्थल

इनरुवा पुरानो शहर भएपनि यहाँ सुविधा सम्पन्न बसपार्कको खाँचौ महसुस गरिएको थियो । सार्वजानिक सौचालय, खानेपानी, प्रतिक्षालय आदीको व्यवस्थाले गर्दा यात्रुहरुलाई यात्रको क्रममा सहज बनाउने र जथाभावी हुने फोहोर व्यवस्थापन समेत सजिलो बन्ने अवस्था सुविधा सम्पन्न बसपार्कले गर्न सक्छ ।

त्यसलाई मध्यनजर गर्दै सघन शहरी बिकास कार्यक्रम अन्र्तगत इनरुवा बसपार्क ११ करोड लागतमा निर्माण कार्य सम्पन्न भएको र बसपार्क समयानुकुल र प्रविधीमैत्री बनाइएको दाबी निर्माण कम्पनीको दाबी थियो । साथै बसपार्क सँगै कालिका कन्ट्रक्सनले १ अर्ब २ करोड २५ लाख ३४ हजार २ सय ४९ रुपैंया लागतमा सडक, नाला, विद्युत पोल, खानेपानी र टेलिफोन लाइन सार्ने एवं जडान गर्ने कार्य सम्पन्न गरेको प्रतिवेदन सहित संघीय आयोजना कार्यान्वयन इकाई बिराटनगरले इनरुवा नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

२०७५ साल पौष २५ गते नव निर्मित इनरुवा बस पार्कको औपचारिक उद्घघाटन तत्कालिन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गरेका थिए । उद्घघाटन कार्यक्रममा तत्कालिन शहरी बिकास मंत्री मोहम्मद इश्तियाक राई सहित इनरुवा नगरापालिका प्रमुख राजन मेहता लगायतको उपस्थितीकाबीच बस पार्क उद्घाटन गरिएको थियो  । तत्कालिन उपप्रधान मंत्री यादवले बसपार्क औपचारिक उद्घाटन गर्दै कार्यक्रमकका अध्यक्ष समेत रहेका इनरुवाका नगर प्रमुख राजन मेहतालाई चाबी हस्तान्तरण गरेका थिए । नवनिर्मित बसपार्क अपाङगमैत्री हुनुका साथै यात्रु प्रतिक्षालय, आवास र होटल सहितको बन्दोवस्ती मिलाइएको इनरुवा बसपार्कमा सुरक्षाकालागि पर्याप्त मात्रामा सीसी क्यामेरा र सोलार बत्ति समेत जडान गरिएको छ ।

बसपार्क इनरुवाको पहिचानका रुपमा रहेकाले व्यवस्थित रुपमा संचालनमा ल्याउने नगर प्रमुख मेहताले उद्धघाटन कार्यक्रममा प्रतिवद्धता जनाएका थिए । तर बसपर्क इनरुवा नगरपालिकालाई हस्तान्तरण भएको करिव ४ बर्ष बित्नै लाग्दा समेत सुचारु हुन सकेको छैन । इनरुवाका मेयर लगायतको केहि जनप्रतिनिधी र राजनैतिक नेतृत्वको ढिपीले गर्दा सुचारु हुन नसकेको स्थानीय वडा बासीको भनाईछ । स्थानीयले आर्थिक चलखेलको कारणले सुविधा सम्पन्न बसपर्क संचालन नगरी अन्यत्रै सार्न खोजेको समेत शंका गर्दै आएको छ ।

इनरुवाको छैठो नगरसभाको निर्णयले नबनिर्मित बसपार्कको लागि निर्माण गरिएको संरचनामा प्रहरीको प्रादेशिक अस्पताल सञ्चालन गर्न दिने निर्णय लगत्तै जग्गादाता र वडावासी आन्दोलित बनेका थिए । जग्गादातासहित स्थानीयले नगरपालिकाको कार्यालयले बसपार्क सञ्चालन गर्न नचाहेको आरोप लगाउँदै आएका थिए । जग्गादाताहरुले आफूहरुले बसपार्कको लागि दान दिइएको जग्गामा अस्पताल संचालन गर्न लागिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए ।

असन्तुष्टि बढ्दै जाँदा नगर प्रमुख राजन मेहताले बसपार्क सञ्चालनको विपक्षमा आफू नरहेको भन्दै साथ र सहयोगको प्रतिवद्धता जनाएका थिए । भने इनरुवा नगरपालिकाको सातौ नगरसभाले इनरुवा बसपार्क सञ्चालन गर्ने विषयमा सर्वसहमति गर्दै थप निर्णयका लागि आवश्यक गतिविधि अगाडि बढाउने निर्णय समेत गरेको थियो ।

ईनरुवा नगरपालिकाको नगरसभाले बसपार्क संचालनमा ल्याउन गरेको निर्णय समेत बर्ष दिन भन्दा बढि भयो तर बसपार्क संचालनमा आउन सकेको छैन । जसले गर्दा राजमार्ग नै इनरुवा बसपार्क बनेको छ । नगरपालिकाले टिकट काउन्टर संचालन गर्ने व्यवसायीहरुको असहयोगको कारणले बसपार्क सुचारु हुन नसकिरहेको बताउदै आएको छ भने स्थानिय वडाबासरी इनरुवाका मेयर राजन मेहताको अनइच्छाले गर्दा सुचारु हुन नसकिरहेको आरोप लगाउदै आएको छ । कमजोरी जसको भएपनि इनरुवा नगरपालिकालाई हस्तान्तरण गरि सकेको बसपार्क संचालनमा नल्याउनु र ल्याउनका लागी समेत आवश्यक पहल नहुनेले कमजोरी इनरुवा नगरपालिकाको नै रहेको प्रष्ट हुन्छ ।

इनरुवा बसपार्क संचालन हुन नसक्दा अहिले मनोरंन्जन स्थलको रुपमा विकास हुदै गएको छ भने कतिपय गतल कृयाकलाप समेत हुने गरेको स्थानीय बताउँछन । स्थानीयका अनुसार जोडीहरु आउने र गलत कृयाकलाप समेत हुने गरेकोले बसपार्क डेटिङ्ख स्पोट बन्दै गएको छ ।

जनताले तिरेको करबाट एक अर्व १३ करोड भन्दा बढि खर्चमा निर्माण गरिएको बसपार्क संचालन नगर्दा जनताले तिरेको करको रकममा सदुउपयोग हुन नसकेको अवस्था छ । जनताले तिरेको कर समेत उपयोग हुन नसक्दा विकासको गतिले फडको मार्ने कुनै सम्भावना नै हुदैन ।

इनरुवाको बसपार्क स्मार्ट सिटी परियोजना अन्र्तगत शहरी बिकास मन्त्रालयले एक अर्व १३ करोड भन्दा बढि खर्चमा निर्माण गरेको अपाङ्गमैत्री र सुविधा सम्पन्न इनरुवा बसपार्क प्रदेश १ कै नमूना रहेको बुझिएकोछ । जनताले तिरेको करबाट निर्माण गरिएका यस्ता भौतिक संरचनाहरु संचालनमा ल्याउन आवश्यक छ । यसका लागी इनरुवा नगरपालिकाले अबिलम्व आवश्यक कदम चालन जरुरी छ ।