लकडाउनको अवधिमा बेचबिखनमा परेका ४१ महिलाको उद्दार
५ श्रावण २०७७, सोमबार २०:२३
काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोेले बन्दाबन्दीकोे अवधिभर बेचबिखनमा परेका ४१ जनाको उद्दार गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
ब्यूरोले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार बन्दाबन्दीको अवधिमा भारतमा बेचिएका र अन्य मुलुकमा बेचिन लागेका गरी कुल २८ जना महिलाको उद्दार भएको छ ।
२९ जेठदेखि ३० असारसम्म ब्यूरोले भारतबाट मात्र २८ जनाको उद्दार गरेको हो। यस्तै ब्यूरोले नेपालका विभिन्न स्थानबाट १३ जना महिलाको उद्दार गरेको छ । यीमध्ये भारत लैजान लाग्दा सिमानाबाट र कोही नेपालभित्रै बेचिएको अवस्थामा उद्दार गरिएको ब्यूरोका प्रवक्ता गोविन्द थपलिया बताउँछन् ।
१३ मध्ये नवलपरासीबाट दुई, कैलालीबाट दुई, सुनसरीबाट दुई, चीतवनबाट दुई, कास्कीबाट दुई, मकवानपुरबाट एक, बर्दीयाबाट एक जनाको उद्दार भएको थियो । ब्यूरोका प्रवक्ता थपलिया बेचबिखनमा संलग्नहरूलाई मानव बेचबिखन तथा ओसारपसार(नियन्त्रण) ऐन, २०६६ अनुसार कानूनी कारवाही भइरहेको बताए ।
२९ जेठमा ब्यूरोले दिल्लीबाट बेचबिखनमा परेका काभ्रेकी १३ नाबालिकाको उद्दार गरेको थियो । ती नावालिकालाई काभ्रे पनौती बस्ने इशा श्रेष्ठले जन्मदिन मनाइ दिने भन्दै फकाइफुलाई भारतको ओसान भन्ने ठाउँमा पुर्याएर बेचेकी थिइन् ।
ब्यूरोले यो घटनाका प्रतिवादीलाई समेत पक्राउ गरेर मुद्दा दर्ता गरिसकेको छ। कुवेत, इराक र साउदीमा राम्रो काम लगाई दिने प्रलोभन देखाएर काठमाडौं, पोखरा बुटवल, दाङ हुँदै नेपालगञ्ज सिमानाबाट भारतको पुर्यातना दिइरहेको अवस्थामा त्यहाँबाट ६ जना महिलाको उद्दार भएको थियो ।
उनीहरूलाई दिल्लीको बुरारी जोरदाको एक कोठामा राखेर शारिरिक तथा मानसिक यातना दिइरहेको अवस्थामा त्यहाँ रहेको सामाजिक संघटन नेपाली देशभक्त आवाज र नेपालमा रहेको शान्ती पुनस्र्थापना गृहसँगको समन्वयमा ब्यूरोले उनीहरुलाई गएको २० जुनमा उद्दार गरेको थियो ।
ब्यूरोले विभिन्न मितिमा बेचबिखनमा परेर भारतमा रहेका २१ जना महिलाहरुलाई ३१ असारमा विभिन्न संस्था र भारतस्थित नेपाली दुतावाससँगको सहकार्यमा उद्दार गरेको थियो । ब्यूरोका प्रवक्ता थपलिया बन्दाबन्दीको अवधीमा पनि गाउँबाट भित्रि बाटोहरु प्रयोग गरेर र हिडेर भारत पुर्याइएको र त्यहाँ जान लागेको अवस्थाबा बाटोबाटै उद्दार गरेको बताउँछन् ।
उनका अनुसार आर्थिक वर्ष २०७५-७६ मा मानवबेचबिखन सम्बन्धी अदालतमा २५८ वटा मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०७६-७७ मा घटेर करिब १३५ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया