सुनसरीको प्रमुख जिल्ला अधिकारीमा इन्द्रदेव यादव आउँदै, उमेश ढकालको सरुवा पार्सा जिल्ला
२३ आश्विन २०७८, शनिबार ०८:१९
देवानगंज । सुनसरीको प्रमुख जिल्ला अधिकारीमा रौतहडका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव आउने भएको छ । गृह मन्त्रालयको असोज २२ गतेको मन्त्री स्तरीय निर्णयअनुसार रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको जिल्ला प्रशासन कार्यालय सुनसरीमा सरूवा गरिएको छ ।
त्यसैगरि सुनसरीको प्रमुख जिल्ला अधिकारी उमेश ढकालको सरुवा पार्सा जिल्ला गरिएको छ । सुनसरी आउन लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई नागरिक अभियानको तर्फबाट हार्दिक स्वागत साथै सुनसरीमा लोकप्रिय बनोस भने शुभकामना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया