सुनसरीमा अवैध माछा बरामद, एक ट्रक माछा गरियो नष्ट
५ श्रावण २०७७, सोमबार १९:३९
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले पहिलो पटक अवैध र मानव स्वस्थ्यका लागि खान अयोग्य माछा बरामद गरेको छ । प्रहरीले थालेको अवैध धन्दा नियन्त्रण तथा लागूऔषध बिरुद्धको स्वीप अपरेशन अन्तरगत सनिबार पहिलो पटक भारतबाट ल्याएको अवैध तथा मानव स्वस्थ्यका लागि हानिकारक माछा बरामद गरेको हो ।
बरामद गरिएको अवैध र मानव स्वस्थ्यका लागि खान अयोग्य माछा सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापा र प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको रोहबरमा नेपालमा प्रतिवन्धित माछा क्याट फिस नष्ट गरिएको हो ।
विषेश सूचनाको आधारमा भारतमा उत्पादित तर नेपालमा प्रतिवन्धित भनिएको माछा इनरुवा तर्फ ल्याउदै गरेको अवस्थामा इनरुवा ४ बस चौकबाट नियन्त्रण लिएको थियो ।
प्रहरीले भारतको पश्चिम बंगाल राज्य उत्तर चौविक परागाना जिल्लाका स्वरुपनगरका २४ वर्षिय मो. एमामुल गोल्दारले चलाएर ल्याएको डब्लुबी २५ जे ६१४१ नम्बरको ट्रकमा लोड गरिएको पाँच हजार ८२० केजी विलमा उल्लेख भएको र प्रहरीले धर्मकाटामा वजन गर्दा सात हजार ३२० केजी भएको तथा परिक्षण गर्दा नेपालमा प्रतिवन्धित भएको पुष्टी भएकाले नष्ट गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार अवैध र प्रतिवन्धित माछा पशुपन्छी तथा सत्स्य विकास निर्देशनालय प्रदेश १ बाट मत्स्य विकास अधिकृत समेतले परीक्षण गर्दा नेपालमा प्रतिवन्धित भएको पुष्टी भएको प्रतिवेदन दिएकाले नष्ट गरिएको हो ।
परिक्षण गर्दा नेपालमा प्रतिवन्धित भएको पुष्टी भएको माछा आवश्यक कार्वाहीका लागि माछा मासु क्वारेन्टाईन चेक पोष्ट भाण्टाबारीमा पठाएकोमा प्रहरीलाई नष्ट गरिदिन ट्रक, माछा र चालक पठाएकाले माछा नष्ट गरिएको र चालक तथा सवारी माथि कानुनी कार्वाही अगाडी बढाएको थापाले बताउनुभयो ।
वहाका अनुसार अनुशंधानको क्रममा सोर्नाली एक्स्पोट कोलकोता भारत लेखिएको क्याट फिस ५८२० केजीको विल एक थान, पशु क्वारेन्टाईन कार्यालय विराटनगरको साउन २ गतेको प्रमाण पत्र, विराटनगर महानगरपालिकाको सेवा शुल्क रसिद, राजस्व अनुसंधान विभागको साउन २ गतेको १५ लाख ९५ हजार ५७ रुपियाँको अनलाईन विल , राष्ट्रिय वार्णिज्य बैंको एक लाख ३१ हजार ७०२ रुपियाँको नगदी विल र भन्सार प्रज्ञापन पत्र सेमत फेला परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया